नेकपा एस कांग्रेसको पुच्छर बनेको भन्दै पुण्य गौतम एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

सामाजिक सञ्जालमा भाइरलम्यानका रुपमा समेत परिचित नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गर्ने भएका छन् । आज २ बजे काठमाडौंमा आयोजना हुन लागेको एमालेको जनसभाका क्रममा अध्यक्ष केपी ओलीले टीका लगाएर उनलाई एमालेमा भित्र्याउन लागेका हुन् । नेकपा एस कांग्रेसको पुच्छर भएको र एमसीसीमा डबल स्टान्ड लिएकाले आफूले सो पार्टी छोड्ने निर्णय गरेको गौतमले बताए । ‘हामी जे सोचेर त्यो पार्टीमा गएका थियौं, त्यो भएन’, उनले भने, ‘कांग्रेसको बी टिम जस्तो भएर बस्नु भनेको राजनीतिक आत्महत्यामात्रै हो ।’

एमालेमा आफूलाई केन्द्रीय सदस्यकै आश्वासन मिलेको गौतमको भनाइ छ । यद्यपि टुंगो लागिनसकेको उनले बताए । गौतमले आफूसँगै नेकपा एसका अन्य केही साथीहरुलाई एमाले प्रवेश गराउन लागेका छन् । गौतमले २०४५ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेका हुन् । उनले आफू २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय सहभागी रहेको बताउने गरेका छन् । पछि उनी एकता केन्द्र हुँदै माओवादीमा लागे ।

२०५२ सालमा माओवादीले गरेको जनयुद्धमा उनी पहिलो लटकै कार्यकर्ता थिए । लडाकुका रुपमा विभिन्न लडाईंको मोर्चामा समेत सहभागी भएका उनी शान्तिप्रक्रियापछि भने निस्क्रिय बने । ६८ सालमा सीपी मैनाली नेतृत्वको नेकपा मालेमा लागे र त्यसको पोलिटब्यूरो सदस्य बने । पछि गौतमसहित नेकपा मालेको एउटा हिस्सा माओवादीमा गाभियो । नेकपा एमाले र माओवादीको एकीकरणपछि बनेको ४४१ सदस्यि केन्द्रीय सदस्यमा गौतम पनि अटाएका थिए । तर सपथपत्रमा समेत हस्ताक्षर गरेपछि उनीसहित चारजनाको नाम काटिएको थियो ।

गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा फस्र्ट डिभिजनमा स्नातकोत्तर पास गरेका छन् । पीएडी सकाएर कन्भोकेसनको पर्खाइमा छन् । गौतम विगतमा बौद्धिक व्यक्तिका रुपमा चिनिन्थे । अखबारहरुमा लेख पनि लेख्थे । तर पछिल्लो समय युट्यूवमा तात्तो न छारोका अन्तर्वार्ताहरु दिएर भाइरलम्यानको छवि बनाएका छन् । गौतमले नेकपा एस छोड्नेबारे पार्टीका अध्यक्ष माधव नेपालसँग कुरा नगरेको बताए । ‘यो मेरो स्वविवेकको निर्णय हो, जानकारी दिइराख्नुपर्ने आवश्यकता छैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...