एमालेमा विलय हुने विप्लवको तयारी



हाम्रो इकोनोमि

 

 

महासचिव नेत्रविक्रम चन्द नेतृत्वका केन्द्रीय सदस्यहरू स्थानीय निर्वाचनमा मैदानमा उत्रिएपछि धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा विभाजन भएको छ। बास्तोला संयोजक रहेको नयाँ पार्टीको नाम नेकपा (बहुमत) कायम गरिएको छ। योसँगै महासचिव विप्लवले कुन दलतिर झुकाव राख्लान् वा विलय गर्लान् भन्ने परिचर्चा सुरु भएको छ।

नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको बताइसकेका छन्। उनले माओवादी केन्द्रमा समाहित हुनका लागि आह्वान पनि गरेका छन्। तर नेकपा एमालेसँग पनि विप्लवको संवाद घनिभूत मात्र भएको छैन, उनका केन्द्रीय सदस्य स्थानीय निर्वाचनमा सूर्य चुनाव चिन्हमा सहभागी भएका छन्।

एक उच्च तहका नेता भन्छन्,‘विप्लवलाई एमालेमा स्वागत गर्नका लागि तिक्तता त्यागेर भए पनि उपाध्यक्ष रामबहादुर थापा बादललगायतको टोली सक्रिय भएको छ।’ उता माओवादीमा भने कृष्णबहादुर महरालगायतका नेता पनि उनलाई भित्राउनका निम्ति सक्रिय रहेका थिए। तर माओवादीमा विप्लवका प्रवेश भएको खण्डमा महासचिवका लागि थाँती रहेको पद गुम्ने डरले जनार्दन शर्मालगायतका नेता भने खुसीचाहिँ छैनन्।

कतिपयले भने माओवादी भन्दा पनि एमालेको अहिलेको राजनीतिक शक्तिको आड, अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा आएका कारण विप्लवको बढी झुकाव एमालेतिर हुने आँकलन गर्दै आएका छन्। पार्टी विभाजनका विषयमा विप्लवले हालसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन्। जबकि, उनले विभाजनमा लागेका बास्तोला र हेमन्तप्रकाश ओलीलाई निलम्बन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...