एमालेमा विलय हुने विप्लवको तयारी



हाम्रो इकोनोमि

 

 

महासचिव नेत्रविक्रम चन्द नेतृत्वका केन्द्रीय सदस्यहरू स्थानीय निर्वाचनमा मैदानमा उत्रिएपछि धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा विभाजन भएको छ। बास्तोला संयोजक रहेको नयाँ पार्टीको नाम नेकपा (बहुमत) कायम गरिएको छ। योसँगै महासचिव विप्लवले कुन दलतिर झुकाव राख्लान् वा विलय गर्लान् भन्ने परिचर्चा सुरु भएको छ।

नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको बताइसकेका छन्। उनले माओवादी केन्द्रमा समाहित हुनका लागि आह्वान पनि गरेका छन्। तर नेकपा एमालेसँग पनि विप्लवको संवाद घनिभूत मात्र भएको छैन, उनका केन्द्रीय सदस्य स्थानीय निर्वाचनमा सूर्य चुनाव चिन्हमा सहभागी भएका छन्।

एक उच्च तहका नेता भन्छन्,‘विप्लवलाई एमालेमा स्वागत गर्नका लागि तिक्तता त्यागेर भए पनि उपाध्यक्ष रामबहादुर थापा बादललगायतको टोली सक्रिय भएको छ।’ उता माओवादीमा भने कृष्णबहादुर महरालगायतका नेता पनि उनलाई भित्राउनका निम्ति सक्रिय रहेका थिए। तर माओवादीमा विप्लवका प्रवेश भएको खण्डमा महासचिवका लागि थाँती रहेको पद गुम्ने डरले जनार्दन शर्मालगायतका नेता भने खुसीचाहिँ छैनन्।

कतिपयले भने माओवादी भन्दा पनि एमालेको अहिलेको राजनीतिक शक्तिको आड, अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा आएका कारण विप्लवको बढी झुकाव एमालेतिर हुने आँकलन गर्दै आएका छन्। पार्टी विभाजनका विषयमा विप्लवले हालसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन्। जबकि, उनले विभाजनमा लागेका बास्तोला र हेमन्तप्रकाश ओलीलाई निलम्बन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...