बूढानीलकण्ठका जनता हाम्रो पक्षमा छन् : मिठाराम अधिकारी



 

 

बूढानीलकण्ठ नगरपालिकाका जनताले तपाईंलाई आफ्नो प्रतिनिधिको रुपमा निर्वाचित गनुपर्ने कारणहरु के–के देख्नुहुन्छ ?

जनताको मुक्तिका लागि राजनीति गर्नुपर्छ भनेर २०३६ सालदेखि सक्रिय भएँ । राजनीतिको मुख्य उद्देश्य भनेको समाज परिवर्तन गर्नु हो । त्यसका लागि काम गरेर देखाउनुपर्छ । काम गरेर देखाउँदा जनता खुसी हुँदारहेछन् ।

२०५४ सालमा म निर्वाचित भएर यस क्षेत्रको छ गाउँ विकास समितिमध्ये कपन गाउँ विकास समितिको नेतृत्व गरें । त्यसबेला कति काम गरें, त्यो कपनका जनतालाई राम्रोसँग थाहा छ । मलाई विश्वास छ, मैले त्योबेला जसरी काम गरें, जसरी खटिएँ त्यसले गर्दा पनि यस क्षेत्रबाट जनताले मलाई निर्वाचित गराउनेछन् । ३० गते मतदान भएपछि नेकपा एमालेलाई जनताले जिताउनेछन् ।

 

तपाईंका प्रमुख एजेन्डाहरु के–के हुन् ?

भौतिक पूर्वाधार, बाटो, खानेपानीलगायत त भइगए । शिक्षामा पनि आमूल परिवर्तनको खाँचो छ । अस्ति भर्खरै पनि यस क्षेत्रका १९ सामुदायिक विद्यालयका प्रअहरुले एउटा भेला गर्नुभएको थियो । त्यस भेलामा म पनि सहभागी थिएँ । त्यहाँ सामुदायिक विद्यालय निजी विद्यालय सोसरह नजानुका कारणबारे उहाँहरुसँग जिज्ञसा राखेको थिएँ । म निर्वाचित भएपछि सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि लागिपर्ने वचन पनि दिएको छु ।

बूढानीलकण्ठ नगरपालिकाले अहिले अस्पताल बनाइरहेको छ । संचालनमा चाहिँ आएको छैन । अहिले उपस्वास्थ्य चौकीहरुले काम गरिरहेका छन् । उक्त अस्पताललाई संचालनमा ल्याएर जनतालाई ५० प्रतिशतभन्दा बढी छुटमा उपचार गर्ने सुविधाको व्यवस्थापन गर्नुपर्छ भनेर लागेको छु । फोहरमैला व्यवस्थापनका लागि विज्ञहरुसँग छलफल पनि गरिरहेको छु । अर्को आर्थिक परिवर्तनको मुल मुद्दा छ । आर्थिक परिवर्तन भएन भने देश विकास हुन सक्दैन ।

हाम्रो अहिलेका मेयर उद्धव खरेल र उपमेयर रमा राईले अघि सार्नुभएको विकासका आयोजनालाई पूर्णता दिँदै नयाँ कामहरु अघि बढाउँछौं । हामी यहाँका सबै जनताबीच परिचित अनुहार भएकाले आश्वासन दिइरहनु परेको छैन ।

 

यो कांग्रेसका महामन्त्री गगन थापाको क्षेत्र पनि हो । उहाँ आफैं पनि यस क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन खटेर लाग्नुभएको छ । तपाईंले यसलाई कसरी लिनुभएको छ ? तपाईंको रणनीति के छ ?

गगन थापा एकपटक समानुपातिक र दुईपटक यसै क्षेत्रबाट निर्वाचित हुनुभएको छ । तर, उहाँले काम गर्न सक्नुभएन । यदि १५ वर्षमा राम्रो काम गरिदिनुभएको भए आफ्नो पार्टीको जनप्रतिनिधिलाई यस क्षेत्रमा निर्वाचित गराउन यति धेरै दौडधुप उहाँले गर्नुपर्दैन थियो । यति सानो क्षेत्रमा १४–१५ वटा आमसभा गर्नुपर्दैन थियो ।

मैले २०५४ सालमा राम्रो काम गरेकाले कपनका जनताले भने, ‘तपाईं यस क्षेत्रमा आउनुपर्दैन । हामी छौं । बरु अन्य ठाउँमा गएर खटिनुहोस् । त्यहाँ जनमत बनाउनुहोस् । यता ढुक्क हुनुहोस्, अरु ठाउँमा आफूले गरेको कामको प्रचार गर्नुहोस् ।’

यस कारणले यो ३० गते यहाँका जनताले मलाई नै जिताउनुहुनेछ । गगन थापाको कुनै डर छैन । उहाँले विगतमा गरेका कामहरुको जनताले राम्रोसँग समीक्षा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्