बूढानीलकण्ठका जनता हाम्रो पक्षमा छन् : मिठाराम अधिकारी



हाम्रो इकोनोमि

 

 

बूढानीलकण्ठ नगरपालिकाका जनताले तपाईंलाई आफ्नो प्रतिनिधिको रुपमा निर्वाचित गनुपर्ने कारणहरु के–के देख्नुहुन्छ ?

जनताको मुक्तिका लागि राजनीति गर्नुपर्छ भनेर २०३६ सालदेखि सक्रिय भएँ । राजनीतिको मुख्य उद्देश्य भनेको समाज परिवर्तन गर्नु हो । त्यसका लागि काम गरेर देखाउनुपर्छ । काम गरेर देखाउँदा जनता खुसी हुँदारहेछन् ।

२०५४ सालमा म निर्वाचित भएर यस क्षेत्रको छ गाउँ विकास समितिमध्ये कपन गाउँ विकास समितिको नेतृत्व गरें । त्यसबेला कति काम गरें, त्यो कपनका जनतालाई राम्रोसँग थाहा छ । मलाई विश्वास छ, मैले त्योबेला जसरी काम गरें, जसरी खटिएँ त्यसले गर्दा पनि यस क्षेत्रबाट जनताले मलाई निर्वाचित गराउनेछन् । ३० गते मतदान भएपछि नेकपा एमालेलाई जनताले जिताउनेछन् ।

 

तपाईंका प्रमुख एजेन्डाहरु के–के हुन् ?

भौतिक पूर्वाधार, बाटो, खानेपानीलगायत त भइगए । शिक्षामा पनि आमूल परिवर्तनको खाँचो छ । अस्ति भर्खरै पनि यस क्षेत्रका १९ सामुदायिक विद्यालयका प्रअहरुले एउटा भेला गर्नुभएको थियो । त्यस भेलामा म पनि सहभागी थिएँ । त्यहाँ सामुदायिक विद्यालय निजी विद्यालय सोसरह नजानुका कारणबारे उहाँहरुसँग जिज्ञसा राखेको थिएँ । म निर्वाचित भएपछि सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि लागिपर्ने वचन पनि दिएको छु ।

बूढानीलकण्ठ नगरपालिकाले अहिले अस्पताल बनाइरहेको छ । संचालनमा चाहिँ आएको छैन । अहिले उपस्वास्थ्य चौकीहरुले काम गरिरहेका छन् । उक्त अस्पताललाई संचालनमा ल्याएर जनतालाई ५० प्रतिशतभन्दा बढी छुटमा उपचार गर्ने सुविधाको व्यवस्थापन गर्नुपर्छ भनेर लागेको छु । फोहरमैला व्यवस्थापनका लागि विज्ञहरुसँग छलफल पनि गरिरहेको छु । अर्को आर्थिक परिवर्तनको मुल मुद्दा छ । आर्थिक परिवर्तन भएन भने देश विकास हुन सक्दैन ।

हाम्रो अहिलेका मेयर उद्धव खरेल र उपमेयर रमा राईले अघि सार्नुभएको विकासका आयोजनालाई पूर्णता दिँदै नयाँ कामहरु अघि बढाउँछौं । हामी यहाँका सबै जनताबीच परिचित अनुहार भएकाले आश्वासन दिइरहनु परेको छैन ।

 

यो कांग्रेसका महामन्त्री गगन थापाको क्षेत्र पनि हो । उहाँ आफैं पनि यस क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन खटेर लाग्नुभएको छ । तपाईंले यसलाई कसरी लिनुभएको छ ? तपाईंको रणनीति के छ ?

गगन थापा एकपटक समानुपातिक र दुईपटक यसै क्षेत्रबाट निर्वाचित हुनुभएको छ । तर, उहाँले काम गर्न सक्नुभएन । यदि १५ वर्षमा राम्रो काम गरिदिनुभएको भए आफ्नो पार्टीको जनप्रतिनिधिलाई यस क्षेत्रमा निर्वाचित गराउन यति धेरै दौडधुप उहाँले गर्नुपर्दैन थियो । यति सानो क्षेत्रमा १४–१५ वटा आमसभा गर्नुपर्दैन थियो ।

मैले २०५४ सालमा राम्रो काम गरेकाले कपनका जनताले भने, ‘तपाईं यस क्षेत्रमा आउनुपर्दैन । हामी छौं । बरु अन्य ठाउँमा गएर खटिनुहोस् । त्यहाँ जनमत बनाउनुहोस् । यता ढुक्क हुनुहोस्, अरु ठाउँमा आफूले गरेको कामको प्रचार गर्नुहोस् ।’

यस कारणले यो ३० गते यहाँका जनताले मलाई नै जिताउनुहुनेछ । गगन थापाको कुनै डर छैन । उहाँले विगतमा गरेका कामहरुको जनताले राम्रोसँग समीक्षा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...

एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान...