नेकपा एमालेले काठमाडौंमा चुनावी सभा गर्ने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्ने भएको छ।सभालाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार स्थानीय चुनावका लागि अन्तिम सभा आज काठमाडौंमा गर्न लागिएको छ।

आज मध्यरातदेखि मौन अवधि सुरू हुन्छ। ‘एमालेले आज गर्ने सभा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा हो,’ उहाँले भन्नुभयो, ‘देशभर नै सन्देश दिने उदेश्यले काठमाडौंमा अन्तिम चुनावी सभा गर्न लागेका हौँ।’ आजको सभामा काठमाडौँ महानगरपालिकासहित काठमाडौँ जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने पनि शाक्यले जानकारी दिनुभयो ।

‘११ वटै पालिकाका लागि हामीले बागबजार, सुन्धारा र पुतलीसडक गरी तीन स्थान तोकेका छौँ,’ काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले भन्नुभयो, ‘उहाँहरु तीन स्थानबाट जुलुस र झाँकीसहित भृकुटी मण्डपमा दिउँसो २ बजे पुग्नु हुनेछ । सभालाई पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले सम्वोधन गर्नुहुने छ ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...