माओवादीका ३ जना वडाध्यक्षका उम्मेदवार नै एमालेमा प्रवेश, स्थापितलाई झनै सजिलो



हाम्रो इकोनोमि

 

 

 

नेकपा माओवादी केन्द्रबाट काठमाडौँ महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष उम्मेदवार राजेन्द्र श्रेष्ठ आफ्नो उम्मेदवारी हापेर एमालेमा प्रवेश गरेका छन् । श्रेष्ठसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई एमाले काठमाडौं जिल्लाका सचिव राजेश शाक्यले पार्टीमा स्वागत गरेका छन् ।

एमाले प्रवेश गरेका श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा आफ्नो सन्तानलाई जिताउनेबाहेक अन्य कार्यकर्ताको संरक्षणमा अलिकति पनि ध्यान नदिएको आरोप लगाए । श्रेष्ठले भने, ‘उम्मेदवार चयनपछि जिताउने अभियानमा पनि नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएकाले सो पार्टीमा बसिरहनुको औचित्य नरहेकाले परित्याग गरेको हुँ । केही दिनअघि मात्रै पनि चितवन पुगेर प्रचण्डले चितवनमा आफ्नो छोरीलाई विजयी नगराए देश दुर्घटनामा जाने भन्नुभयो तर हामी कार्यकर्तालाई कसरी जिताउने भन्ने सोच नै देखिएन ।’

श्रेष्ठसहित यसबीचमा माओवादीबाट काठमाडौंमा वडाध्यक्ष उम्मेदवार बनेका तीनजना एमालेमा प्रवेश गरेका छन् । यसअघि माओवादी केन्द्रबाट काठमाडौं महानगरपालिका वडा १३ का वडाध्यक्ष उम्मेदवार रामशरण डंगोल र १५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जन उम्मदेवारी हापेर एमालेमा प्रवेश गरिसकेका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै एमाले जिल्ला कमिटी सचिव शाक्यले पार्टी प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...