मन्त्री श्रेष्ठले पनि धम्काए जनतालाई, दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

 

श्रम तथा रोजगारमन्त्रीसमेत रहेका नेकपा एकीकृत समााजवादीका नेता किसान श्रेष्ठले पोखरा महानगरपालिकामा गठबन्धनले नजिते मुलुक ठूलो दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

पोखराको चुनावी कार्यक्रमलाई सोमबार सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले आफूहरुले आफ्नै अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाएको भन्दै कांग्रेसले पोखरामा त्यसको गुण तिर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले हाम्रो तत्कालीन अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर तपाईंहरुका पार्टी सभापतिलाई यही हातले विश्वासको मत दिएका हौं । यो गठबन्धन नबनेको भए गणतन्त्र, संघीयता र संविधान रहने थिएन । यदि यहाँ गठबन्धनले जितेन भने धेरै ठूलो दुर्घटनामा मुलुक जान्छ । त्यसैले जसरी पनि जिताउनुपर्छ ।’ पोखरामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य मेयर उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...