चुनावी सभामा हजारौं जनता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले गाउँकमिटी सिम्ता ,सुर्खेत को आयोजनामा सिम्ता स्तरीय वृहत् जनसभा सम्पन्न भएको हो । पार्टीका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल को प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।

एमालेको चुनावी सभामा हजारौंले प्रवेश गरेका छन् । काङ्ग्रेस र माओवादी पार्टी बाट हजारौंको संख्यामा कार्यकर्ता भित्र्याउदै एमालेका नेताहरूले जनसभा नभएर बिजयी सभा भएको जिकिर गरेका हुन् ।

अध्यक्ष पदका उम्मेदवार ऐन बहादुर चन्दले नेकपा एमालेको नेतृत्वमा सिम्ताको बिकासले उचाई लिने बताए । उनले भने प्रत्येक वडाहरुमा नेकपा एमाले प्रतिको बिश्वास , लहर र समर्थले हामी हर्षित भएका छौँ ।

नेकपा एमालेका नेता कार्यकर्ताहरूले दिनरात नभनी जसरी सिम्तालाई लाल किल्ला बनाइराख्न खटिनु भएको छ , भोक प्यास र निद्रालाई वास्ता नगरिकन जनताको घरदैलोमा पुग्नु भएको छ । म तपाईंहरुको खटन प्रती सदैव गर्व गर्नेछु । हामी बिजय नजिक छौं  । सिम्तामा २०७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई हराएको थियो । यसपटक पनि चुनाव जित्नेमा एमाले विश्वस्त छ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...