जनताको सेवा गर्दा भोक निद्रा बिर्सन्छु : कामपा ७ वडा अध्यक्षका उमेद्वार कृष्णमणी भट्टराई



हाम्रो इकोनोमि

 

 

 

आगामी ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा काठमाण्डौं महानगरपालिका अन्तर्गत वडा नम्बर सातमा सूर्य ध्वजावहाक उमेद्वार कृष्णमणी भट्टराईको टिम अग्रस्थानमा रहेको छ । आफ्नो पेशा व्यवसायलाई भन्दा जनताको सेवामा सामाजिक र राजनैतिक क्षेत्रलाई प्राथमिकतामा राखी अहोरात्र खटेका कारण यस्तो अवस्था पैदा भएको हो ।

त्यसो त गठबन्धनका अन्य दलहरु पनि मैदानमा त छन्, तर ति दलहरु प्रतिश्पर्धीका रुपमा खडा हुन सकेका छैनन् । गत निर्वाचनमा वडा सदस्यमा पपुलर मतकासाथ निर्वाचित भएर जनताको सेवामा दिनरात झरीबादल नभनी समर्पित भएर लाग्ने मौका पाएका कारण उनको विजय यात्रा लगभग निश्चितप्राय देखिन्छ । यतिसम्म कि, वडाबासीले हाम्रो टोलमा समस्या भयो, तपाई कहाँ हुनुहुन्छ ? भनेको १५ देखि २० मिनेटभित्र सम्बन्धित स्थानमा पुग्ने र समस्या समाधान गर्ने गरेका कारण भट्टराई ‘एम्बुलेन्स जनप्रतिनिधि’का रुपमा समेत परिचित छन् । त्यतिमात्रै हैन, उनले सधैं भन्ने गरेको एउटै वाक्य छ, त्यो हो– ‘जनताको सेवा गर्दा भोक निद्रा बिर्सन्छु ।’ वास्तवमा यो शब्द उनले बोल्नकालागिमात्रै बोलेका हैनन्, व्यवहारमै उतार्दै आएका छन् ।

कामपा सातमा निर्वाचनको तयारी र विजय हुने आधारका विषयमा निर्वाचन परिचालन कमिटीका सह–संयोजक उत्तम अधिकारीसँग जिज्ञासा राख्दा अधिकारीले भने– यस वडामा निर्वाचनको गतिविधि तीव्ररुपमा भैरहेको र यस वडाका मतदाताको अपार माया र सद्भाव प्राप्त भएकोले सूर्य ध्वजावहाक कृष्णमणी भट्टराईको टिम नै विजयी हुने कुरामा कुनै शंका छ्रैन ।

प्रतिक्रिया दिनुहोस
सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...

एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान...