टोखामा प्रकाश अधिकारीको टीमले जित्ने पक्का, नेकपा एसका नेता नै एमालेको प्रचारमा



हाम्रो इकोनोमि

 

 

टोखामा नेकपा एमाले मजबुत बन्दै गएको छ । २०७४ सालमा प्रमुख र उपप्रमुखमा विजयी बनेको नेकपा एमालेले यस पटक ५ वर्षमा गरेका विकास निर्माणका कामहरु लिएर टोखा वासीको माझमा पुग्दा उम्मेदवारहरुलाई आम मतदाताले साथ दिएका छन ।

चुनावको दिन नजिकिदै जाँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेताहरु समेत एमाले उम्मेदवार जिताउन भन्दै प्रचार अभियानमा लागेका छन । नेकपा माले कालिन समय देखि नै टोखा क्षेत्रमा कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेर संगठन विस्तार गरेका प्रभावशाली नेता गजराज श्रेष्ठ नेकपा एस छोडेर नेकपा एमालेको प्रचारमा जुटे संगै एमाले थप बलियो बनेको छ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका तर्फ बाट वडा नं १ को अध्यक्षमा मनोनयन गरेका श्याम लाल श्रेष्ठ, सदस्यमा मनोनयन गरेका महेश्वर अधिकारी अहिले नेकपा एमालेको प्रचारमा निकै सक्रिय रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...