नेपाल लाइफ २२ औं वर्षमा प्रवेष



हाम्रो इकोनोमि

 

 

 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पु¥याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीले जनाएको छ ।

२२ औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरी विभिन्न ९ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने अभिप्रायले पे्ररित उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी जम्मा ३०२ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

सो अवसरमा कम्पनीमा अविछिन्न रुपमा दुई दशक तथा एक दशक सेवा गर्ने कर्मचारीहरुलाई प्रशंसा पत्रका साथ सम्मान गरेको छ । कम्पनीको प्रधान कार्यालय तथा विभिन्न क्षेत्रीय, शाखा, उप–शाखा कार्यालयले वार्षिकोत्सवलाई भब्य बनाउन अन्य गतिविधि तथा कार्यक्रमहरु गरिएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...

स्वास्थ्य परीक्षण गर्न ओलीलाई टिचिङ अस्पताल लगियो

     नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न...

एमालेले आजैदेखि आन्दोलन थाल्ने घोषणा

   नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य...