एमालेले चुनाव जित्ने यस्ता छन् चार आधारहरु



हाम्रो इकोनोमि

 

 

देशभर स्थानीय तहको निर्वाचनको सरगर्मी बढिरहेको छ । दलहरुले आआफ्नै पार्टीको जितको दावी गरिरहेका छन् । यसै क्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले निर्वाचन जित्ने चार आधारहरु प्रस्तुत गरेका छन् ।

उनले अहिले पाँच दलीय गठबन्धन र एमालेबीचको प्रतिस्पर्धा रहेको उल्लेख गर्दै अब देशमा स्पष्ट दुई ध्रुव हुने पनि बताए । त्यस्तै, उनले मुलुकमा बलियो राजनीतिक शक्ति आवश्यक रहेको पनि औँल्याए । धेरै शक्ति हुँदा विचलन हुने उनको भनाइ छ । महासचिव पोखरेलले के के चार देखाए त एमालेको विजय हुने चार आधार ?

पहिलो

राष्ट्रिय स्वाधिनता, स्वभिमान र राष्ट्रियताको प्रश्न जसमा हामी खरो सावित भएका छौ । पहिलोपटक हामीले नाकाबन्दीको सामना गरेको अर्थमा जनताको प्रिय बन्यौ, यसपटक हामी स्वभाविक रुपमा नेपालको गुमेको भूमिलाई समेटेर नक्सा प्रकाशित गरेका कारण प्रिय छौँ । यो नेपाली जनमतको एउटा आधार हो ।

दोस्रो

नेपाली राजनीतिमा अधिकारको प्रश्नहरु धेरै उठे । अव विकास र समृद्धिको प्रश्न प्रधान बनेको छ भनेर नेपालको राजनीतिमा स्थापित गर्ने र त्यसको नेतृत्व गर्ने पार्टी नेकपा एमाले रह्यो भन्ने मलाई लाग्छ । र, यो जनताका बीचमा प्रिय विषय भएको छ ।

तेस्रो

सामाजिक न्यायसहितको लोककल्याणकरी राज्य व्यवस्थातर्फ हामी मनमोहनका पालादेखि जे यात्रा तय गरेका छौँ, त्यसले दक्षिण एसियामा लोककल्याणकरी राज्यतर्फको बाटोतर्फ एमाले सवैभन्दा सवल पार्टीका रुपमा स्थापित छ र राज्य व्यवस्थामा लोक कल्याणकारी विषेशताहरु अन्य मुलुकको तुलनामा नेपालमा धेरै छन्, यो एमाले विशेषता हो ।

चौथो

नेपालको राजनीति कुन बाटोमा अघि बढ्ने भन्ने सन्दर्भमा स्वभाविक रुपमा नेपालजस्तो पछौटे मुलुकमा पुजिवादतर्फ जाने कि सामाजिक न्यायसहितको समाजवादतर्फ जाने भन्ने प्रश्न बहसको विषय छ । यो बहसमा हामी सामाजिक न्याय र समानताको पक्षमा छौँ । यसर्थ जनताका बीचमा यो विषय पनि प्रिय हुन्छ । त्यसैले एमालेले चुनाव जित्ने आधार र राष्ट्रिय शक्तिका रुपमा स्थापित हुने आधार यिनै हुन् भन्ने लाग्छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...