देउवालाई नभेटी निस्किए जगन्नाथ, रामचन्द्रको षड्यन्त्रपनि फेल



हाम्रो इकोनोमि

 

 

चितवनमा आज हुने गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न भरतपुर पुगेका कांग्रेस वरिष्ठ नेता एवं गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसित भेट गरेका छन् । भरतपुरको होटल सिराँगचुलीमा वरिष्ठ नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेट गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

भेटमा वरिष्ठ नेताल पौडेलले संविधान सिध्याउने षड्यन्त्र भइरहेको र स्थानीय तहसम्मै षड्यन्त्रको डिजाइन भइरहेकोले गठबन्धनलाई सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी एक नेताले बताए ।

जवाफमा जगन्नाथका प्रस्तावक एवम् पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले कांग्रेस जोगाउन आफूहरूले स्वतन्त्र प्रतिस्पर्धा गरेकाले उम्मेदवारी फिर्ता नहुने अडान दोहोर्याए । भेटमा सापकोटाले पौडेललाई भने– रामचन्द्रजी तपाईंले बारम्बार फोन गर्नुभएकोले सम्मान स्वरुप भेट्न आएका हौं। गठबन्धनका विषयमा हाम्रो विमति छैन । भोलि प्रचण्डलाई सहयोग पनि गरौंला । यसपटक दोहोर्याएर रेणुलाई सहयोग गर्न भने सक्दैनौं।

जगन्नाथले कांग्रेस बचाउने अभियानमा आफू एक्लै नरहेको र धेरैको साथ पाएकोले पछाडि फर्कने अवस्था नरहेको बताए । प्रधानमन्त्री एवम् शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूले छलफल गर्ने भनिए पनि उनीहरू पौडेललाई मात्रै भेटेर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...