जगन्नाथको उम्मेदवारी निष्क्रिय बनाउने देउवाको षड्यन्त्र



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन बास बस्ने भएका छन् । चुनावीसभा सम्बोधन गर्न विराटनगर पुगेका देउवा भोली भरतपुरमा हुने सभालाई सम्बोधन गर्न आजै साँझ चितवन पुग्न लागेका हुन् ।

भरतपुरमा विहीबार गठबन्धनले चुनावी सभा गर्दैछ । सभामा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा सहभागि हुनुअघि सभापति देउवाले भरपुरका असन्तुष्ट कांग्रेस नेताहरुसँग भेटवार्ता गर्ने सम्भावना छ ।

‘प्रधानमन्त्री चितवन आउँदा कांग्रेसका असन्तुष्ट नेताहरुलाई एकपटक भेट्ने र सहमतिका लागि अन्तिम प्रयास गर्ने सम्भावना छ’, चितवन कांग्रेसका एक नेताले भने । ती नेताका अनुसार प्रधानमन्त्री देउवाले भरतपुर महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटेर ‘उम्मेदवारी निष्क्रिय बनाई गठबन्धनलाई साथ दिन’ आग्रह गर्ने सम्भावना छ ।

‘चुनावीसभा ११ बजे भनिएको छ । त्यसअघि नै असन्तुष्ट उम्मेदवार र नेतालाई मनाउन सभापतिले निर्णायक पहल लिनुहुनेछ’, ती नेताले भने ।यअसघि देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाँण तीन दिन दिचतवन बसेपनि स्वतन्त्र उम्मेदवार पौडेलको उम्मेदवारी फिर्ता गराउन असफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...