भरतपुरमा एक वर्षको बैठक भत्ता १ करोड १० लाख, सरकारी ढुकुटीमा मोज



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७÷२०७८ मा बैठकका नाममा विषयसँग सरोकार नै नराख्ने व्यक्तिहरुको समेत हस्ताक्षर गराइ एक करोड १० लाख रुपैयाँ नगरलाई व्ययभार थपेको पाइएको छ । अर्थ मन्त्रालयले २०७५ सालमा नै निर्देशिका जारी गरि बैठकमा सहभागी हुने व्यक्ति र उनीहरुलाई वितरण गर्ने भत्ताको मापदण्ड निर्धारण गरेको छ ।

उक्त निर्देशिकाको परिच्छेद ७ ले बैठकमा कार्यालय समय अघि वा पछि हुनुपर्ने र विशेषज्ञ सेवा आवश्यक परे बढीमा तीन जनासम्मलाई मात्रै आमन्त्रित गर्न सक्ने व्यवस्था गरेको छ । तर, भरतपुर महानगरपालिकाले एउटै बैठकमा १९ जनासम्मलाई विशेषज्ञ जम्मा बनाएर बैठक बसेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदनमा उल्लेख गरिएअनुसार महानगरपालिकाले पालिकाका सेवा भित्रका कर्मचारी मात्रै बस्ने बैठकमा समेत भत्ता वितरण गरि एक करोड १० लाख रुपैयाँ महानगरलाई थप खर्च बढाएको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ कूल बजेट ४ अर्ब १४ करोड ६४ लाख रुपैयाँ थियो । बाँडिएको बैठक भत्ता एक वर्षको मात्रै हो । एक वर्षमा मात्रै एक करोड १० लाख रुपैयाँ नियम विपरित भत्ता बाँडिएको छ भने पाँच वर्षे कार्यकालमा कति होला, भरतपुर महानगरबासीले प्रश्न गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...