तिलगंगामा गणेशमान पार्क बनाउँछु : केशव स्थापित



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का तर्फका काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितले गणेशमानको नाम लिएर राजनीति नगर्न विपक्षीलाई आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिका वडा–१० का मतदातासँगको अन्तरक्रियामा बोल्दै स्थापितले भने- ‘गणेशमानजीको लामो इतिहास छ । उहाँको नाम लिएर राजनीति गरेर हुँदैन । उहाँप्रति सम्मान प्रकट गर्नुपर्छ ।’ स्थापितले अहिले नेपाली काँग्रेसले गणेशमानको नाममा राजनीति गरेको तर सम्मान गर्न नसकेको बताए ।

उनले भने- ‘सिर्जना (नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाकी मेयर पदकी उम्मेदवार) जी अझ गणेशमान सिंहको परिवारका लागि जे गर्नु पर्ने हो लेखेर दिनुहोस् म पूरा गर्न तयार छु,’ तर गणेशमानको नाममा राजनीति गर्ने सम्मान भने नगर्ने कुरा हुन्न ।

आफू मेयर हुँदा गणेशमानप्रति सम्मान गरेको भन्दै स्थापितले आफू निर्वाचित भएपछि तिलगंगा नजिक रहेको र अहिले स्वीजरल्याण्ड पार्कले परिचित स्थानमा गणेशमान सिहंको सम्झनामा गणेशमान पार्क निर्माण गर्ने बताए । उनले भने–ग णेशमानसिंहका युवापनदेखि जेल परेको सम्मको इतिहास समेटेर संग्राहलय बनाउने कामको जिम्मा महानगरपालिकाले लिन्छ । यो प्रस्ताव लिएर आउनु पर्‍यो नि ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...