भरतपुरको यस्तो अंकगणीत, एमालेले जित्ने संकेत

हाम्रो इकोनोमि

अघिल्लो स्थानीय निर्वाचनमा २०३ मतको अन्तरले भरतपुरको मेयर गुमाउनुपरेको क्षण एमालेको स्मरणमै छ । एमालेले ‘मतपत्र च्यातेर’ हराइएको आरोपलाई ५ वर्षदेखि नै संस्थागत गर्दै आइरहेको छ । यसपटक एमालेले प्रदेशसभा सांसद रहिसकेका विजय सुवेदीलाई भरतपुरको मेयरको प्रत्याशी बनाएको छ । राप्रपासँग तालमेल गरेको एमालेले उपमेयरमा राप्रपालाई सघाउनेछ ।

अघिल्लो निर्वाचनमा मेयरमा माओवादी–कांग्रेस गठबन्धनले ४३ हजार १२७ मत पाएको थियो । उपमेयरमा कांग्रेस उम्मेदवार पार्वती शाहले ४७ हजार १९७ मत ल्याएकी थिइन् । रेणुको भन्दा पार्वतीको मत बढी आउनुको कारण कांग्रेसभित्रको असन्तुष्टि थियो ।

अघिल्लो स्थानीय निर्वाचनमा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए । वडा अध्यक्षतर्फ एमालेका उम्मेदवारहरुले प्राप्त गरेको मत ३७ हजार १९५ थियो । यो तथ्यांकअनुसार एमालेले वडा अध्यक्षतर्फ पाएको मतभन्दा मेयरका उम्मेदवारले ५ हजार ७२९ मत बढी ल्याएको थियो ।

अघिल्लो निर्वाचनमा २९ मध्ये १४ वडा अध्यक्ष जितेको एमालेले उपनिर्वाचनमा १ वडा गुमायो । पार्टी विभाजनपछि एमालेबाट जितेका ७, ९, १०, १२ र २२ नम्बर वडाका ५ जना अध्यक्ष नेकपा एकीकृत समाजवादीमा लागेका छन् । पार्टी विभाजनबाट एमालेलाई कुनै न कुनै प्रकारको क्षति हुने देखिन्छ । त्यो क्षतिलाई राप्रपासँगको तालमेलबाट ‘कभर’ गर्ने एमाले नेताहरुको दावी छ ।

यद्यपि २०७४ मा राप्रपाबाट मेयर उम्मेदवार बनेर ६ हजार ८४२ मत ल्याएका बद्रीनाथ तिमिल्सिना अहिले माओवादीमा छन् । उनी नेतृत्वको राप्रपा जिल्ला कार्यसमिति नै माओवादीमा समाहित भएको थियो । उनी अहिले भूमि आयोगको जिल्ला अध्यक्ष छन् । राप्रपाको एक समूह माओवादी र अर्को समूह एमालेसँग रहेको अवस्था छ ।

तत्कालीन माओवादी नेता रामबहादुर थापा ‘बादल’ को समेत गृहजिल्ला भएकोले चितवनमा उनी निकट नेताहरु एमालेमा सक्रिय छन् । पार्टी विभाजनबाट भएको क्षति परिपूरणमा एमालेलाई ‘बादल’ को शक्ति सहयोगी हुनेछ ।

एमालेलाई सबैभन्दा राहतको विषय कांग्रेस नेता जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारी हो । पौडेलले जति धेरै मत ल्याउँछन्, त्यति नै फाइदा एमालेलाई हुनेछ । यद्यपि कांग्रेसका असन्तुष्ट मत ‘भुइँकटहर’ मा नभई ‘सूर्य’ मा तान्न एमालेले जोडबल गर्नुपर्नेछ ।

‘तथ्यांक हेर्दा गठबन्धन एमालेभन्दा बलियो देखिए पनि राजनीतिक रुपमा गठबन्धन समस्यामा छ । त्यसबाट लाभ लिने हो भने एमाले जिततर्फ अग्रसर छ’, चितवनका एमाले नेताको भनाइ छ । ती नेताका अनुसार एमाले उम्मेदवारको शालीन व्यक्तित्व, प्रदेशसभा सदस्यका रुपमा गरेका काम र गठबन्धनमा देखिएको असन्तुष्टिबाट लाभ लिने अवस्था छ ।

अघिल्लो स्थानीय निर्वाचनमा २०३ मतको अन्तरले भरतपुरको मेयर गुमाउनुपरेको क्षण एमालेको स्मरणमै छ । एमालेले ‘मतपत्र च्यातेर’ हराइएको आरोपलाई ५ वर्षदेखि नै संस्थागत गर्दै आइरहेको छ । यसपटक एमालेले प्रदेशसभा सांसद रहिसकेका विजय सुवेदीलाई भरतपुरको मेयरको प्रत्याशी बनाएको छ । राप्रपासँग तालमेल गरेको एमालेले उपमेयरमा राप्रपालाई सघाउनेछ ।

अघिल्लो स्थानीय निर्वाचनमा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए । वडा अध्यक्षतर्फ एमालेका उम्मेदवारहरुले प्राप्त गरेको मत ३७ हजार १९५ थियो । यो तथ्यांकअनुसार एमालेले वडा अध्यक्षतर्फ पाएको मतभन्दा मेयरका उम्मेदवारले ५ हजार ७२९ मत बढी ल्याएको थियो ।

अघिल्लो निर्वाचनमा २९ मध्ये १४ वडा अध्यक्ष जितेको एमालेले उपनिर्वाचनमा १ वडा गुमायो । पार्टी विभाजनपछि एमालेबाट जितेका ७, ९, १०, १२ र २२ नम्बर वडाका ५ जना अध्यक्ष नेकपा एकीकृत समाजवादीमा लागेका छन् । पार्टी विभाजनबाट एमालेलाई कुनै न कुनै प्रकारको क्षति हुने देखिन्छ । त्यो क्षतिलाई राप्रपासँगको तालमेलबाट ‘कभर’ गर्ने एमाले नेताहरुको दावी छ ।

यद्यपि २०७४ मा राप्रपाबाट मेयर उम्मेदवार बनेर ६ हजार ८४२ मत ल्याएका बद्रीनाथ तिमिल्सिना अहिले माओवादीमा छन् । उनी नेतृत्वको राप्रपा जिल्ला कार्यसमिति नै माओवादीमा समाहित भएको थियो । उनी अहिले भूमि आयोगको जिल्ला अध्यक्ष छन् । राप्रपाको एक समूह माओवादी र अर्को समूह एमालेसँग रहेको अवस्था छ ।

तत्कालीन माओवादी नेता रामबहादुर थापा ‘बादल’ को समेत गृहजिल्ला भएकोले चितवनमा उनी निकट नेताहरु एमालेमा सक्रिय छन् । पार्टी विभाजनबाट भएको क्षति परिपूरणमा एमालेलाई ‘बादल’ को शक्ति सहयोगी हुनेछ ।

एमालेलाई सबैभन्दा राहतको विषय कांग्रेस नेता जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारी हो । पौडेलले जति धेरै मत ल्याउँछन्, त्यति नै फाइदा एमालेलाई हुनेछ । यद्यपि कांग्रेसका असन्तुष्ट मत ‘भुइँकटहर’ मा नभई ‘सूर्य’ मा तान्न एमालेले जोडबल गर्नुपर्नेछ ।

‘तथ्यांक हेर्दा गठबन्धन एमालेभन्दा बलियो देखिए पनि राजनीतिक रुपमा गठबन्धन समस्यामा छ । त्यसबाट लाभ लिने हो भने एमाले जिततर्फ अग्रसर छ’, चितवनका एमाले नेताको भनाइ छ । ती नेताका अनुसार एमाले उम्मेदवारको शालीन व्यक्तित्व, प्रदेशसभा सदस्यका रुपमा गरेका काम र गठबन्धनमा देखिएको असन्तुष्टिबाट लाभ लिने अवस्था छ ।

जगन्नाथ कति बलिया विद्रोही ?

पूर्वराष्ट्रियसभा सदस्य जगन्नाथ पौडेल नेपाली कांग्रेसबाट विद्रोह गरेर भरतपुरको मेयरमा प्रत्याशी बनेका छन् । भुइँकटहर चुनाव चिन्ह लिएर मैदानमा उभिएका उनी ‘कट्टर कांग्रेस’ का उम्मेदवारका रुपमा देखिएका छन् । पूर्वजिल्ला सभापतिद्वय कृष्णलाल सापकोटा, टीकाराम न्यौपाने र महासमिति सदस्य मीना खरेललगायतको बलियो साथ पौडेललाई छ ।

कांग्रेसको झण्डा बोकेर प्रचारमा व्यस्त जगन्नाथको मतको मुख्य आधार भनेकै कांग्रेसभित्रको असन्तुष्टि हो । कांग्रेसको तहगत कार्यसमितिमा रहेका नेताहरु गठबन्धनकै पक्षमा छन् । खासगरी १४ औं महाधिवेशनका दौरान ‘पराजित’ भएका अधिकांश नेताहरुले जगन्नाथलाई साथ दिएका छन् ।

वरिष्ठ अधिवक्तासमेत रहेका पौडेललाई कानुन व्यवसायी, प्राध्यापक र प्रजातन्त्रवादी पेशाकर्मीहरुले ‘भोट दिने’ बचन दिएका छन् । ‘सल्यानी पौडेल’ हरुको मत जगन्नाथले पाउने सम्भावना बढी देखिन्छ । गण्डकीबाट झरेका पौडेललाई चितवनमा सल्यानी पौडेल भन्छन्, विशेषगरी सल्यानी पूजा गर्नेहरुलाई यसरी चिनिन्छ ।

द्वन्द्वकालमा माओवादीबाट पीडित भएका कांग्रेसी मतदाताहरुले पनि हसियाँ हथौडाको साटो भुइँकटहरमै मत दिने आँकलन छ । स्वतन्त्र उम्मेदवारका रुपमा भरतपुरको मेयरमा जित हासिल गर्न पौडेललाई सहज नभए पनि उनले प्राप्त गर्ने मतले परिणाममा प्रभाव पर्ने देखिन्छ ।

‘जगन्नाथ दाइले प्राप्त गर्ने मत चुनाव जित्न पर्याप्त नहुनसक्छ तर त्यसले भरतपुरमा राजनीतिक न्यायका पक्षमा जनमत दिनेछ’, पौडेलको प्रचारमा सक्रिय एक कांग्रेस नेताले भने ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...