काठमाडौं महानगरपालिका माओवादीका दुई वडाध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार बनेका रत्नकाजी महर्जन एमालेमा प्रवेश गरेका छन् । उनले एमाले प्रवेशसँगै आफ्नो समर्थन एमाले उम्मेदवारलाई दिएका छन् । यसअघि १३ नम्बर वडाका वडाध्यक्ष उम्मेदवार रामशरण डंगोलले पनि एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

माओवादी जिल्ला कमिटी सदस्यसमेत रहेका महर्जनलगायत कार्यकर्तालाई सोमबार बिहान एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काठमाडौं जिल्लाका र्इञ्चार्ज एवं स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...