चुनाव हार्ने पक्का भएपछि एमालेको चुनावी प्रचारमा कांग्रेसको आक्रमण



हाम्रो इकोनोमि

 

 

पाल्पाको रामपुर नगरपालिका १० सिकोडाँडामा नेकपा एमालेको चुनावी प्रचार अभियान चलिरहँदा कांग्रेस कार्यकर्ता आक्रमण गरेका छन् । आक्रमणबाट चोलाकान्त कुमाल, मनोज उप्रेती , राजु श्रेष्ठ, गोविन्द श्रेष्ठ, कविता अर्याल, वैकुण्ठ खनालसहित १० जना एमाले कार्यकर्ता घाइते भएका छन् । नेकपा एमालेका नगर प्रमुख उपप्रमुखसहितका उम्मेदवारले प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रम गर्दैगर्दा सकोडाँडामा नेपाली काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।

‘बिहानैदेखि वडा नम्बर १० को विभिन्न स्थानहुँदै सिकुवाडाँडामा जम्मा भएका त्यस टोलका दाजुभाइ, दिदी बहिनीसंग परिचय एवं मत माग्ने काम गरिरहेको बेला नेपाली कांग्रेस पार्टीका चारतारे झण्डासहितका १००–१२० को समूह हतियार खुकुरी भालासमेत लिएर फिल्मी शैलीमा आक्रमण गरे’, सांसद युवराज खनाल भने ।

कांग्रेस कार्यकर्ताले प्रचार प्रयोग भएको गाडी पनि तोडफोड गरेको एमालेका स्थानीय नेता टंंकनाथ खनालले बताए। उनले रामपुर उद्योग वाणिज्य संघका महासचिव खिमबहादुर केसी र राजु गुरुङको नेतृत्वमा आक्रमण भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...