सौर्य एयरलाइन्सका अध्यक्ष पोखरेलद्धारा सयौं वृद्धा आमाको सम्मान



हाम्रो इकोनोमि

 

 

मातातिर्थ औसीमा सामान्यतः सवैले आ–आफ्ना घरमा आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गर्छन । तर, पूर्वी नेपाल झापाका एक जना व्यवसायीले भने आमाको मुख हेर्ने दिनलाई अलिक विशेष ढंगले मनाए ।

सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले आफ्ना वयोवृद्ध आमा वुवासँगै स्थानीय ५ सय ६० जना आमाहरुलाई आफ्नै आँगनीमा भेला गरेर आमाको मुख हेर्ने दिन मनाएका छन् । सवै आमाहरुलाई घरको आँगनीमा विशेष जमघट गरेर आमाको मुख हेर्ने कार्यक्रम गरेको उनले बताए ।
झापाको भद्रपुर स्थित निवासमा दिनभरीजसो वृद्धाआमाहरुको बाक्लो उपस्थिति थियो । सवैलाई दोसल्ला ओढाएर विशेष भोज सहित पोखरेलले वृद्धाआमाको सम्मान गरेका थिए । झापा चन्द्रगढी स्थित ओम साई अस्पतालका अध्ययक्ष समेत रहेका पोखरेल पूर्वी क्षेत्रकै चर्चित व्यवसायी हुन । त्यसक्षेत्रमा उनी सामाजिक क्षेत्रमा प्रसिद्धी कमाएका व्यवसायीको रुपमा परिचित छन ।

आफ्नै घरको आँगनीमा वृद्धा आमाहरुको जमघट गरेर उनीहरुको स्वास्थ्य परिक्षण देखि सम्पूर्ण व्यवस्था पोखरेले मिलाएका थिए । यसबाट खुसी देखि वृद्धा आमाहरुले पोखरेललाई आर्शिवाद व्यक्त गरेका थिए । आफुलाई गरेको सम्मान र भक्तिभावबाट प्रभावित भएर वृद्धा आमाहरु निकै खुुसी देखिएका थिए ।
पोखरेलले वृद्धा आमालाई गरेको सम्मानभावलाई प्रचारको रुपमा नभै दायित्वको रुपमा लिएको बताए । ‘सबै आमा समान हुन, आमाबुवा खुसी भए संसार खुसी हुन्छन्’, पोखरेलले भने । उनले वृद्धवृद्धा अभिभावकको सम्मान गर्दा नै आफुलाई आत्मसन्तुष्टी प्राप्त हुने गरेको बताए । उनले वृद्धवृद्धाहरुको स्वास्थ्य उपचारका लागि आफु सम्वद्ध अस्पतालमा पनि विशेष सहुलियतको व्यवस्था गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...