भरतपुरका बागी उम्मेदवार पौडेल ब्याक नहुने, रेणु दाहाल हार्ने पक्का



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेल ब्याक नहुने भएका छन्। गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्म ब्याक गराउन कन्भिन्सका लागि पुगेका थिए।

तर कांग्रेसका पुराना हस्ती तथा चर्चित व्यक्ति कृष्णलाल सापकोटालगायतको समर्थन पाएका पौडेलले आफू कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बरु रेणु दाहाललाई ब्याक गराउन सुझाव दिएको बताएका छन्।

चुनाव चिन्ह पाएपछि शनिबारदेखि चुनाव प्रचारमा हिँड्ने बताएका उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहालका लागि चुनौति बन्ने निश्चित भएको छ।

‘कांग्रेसका नेता कार्यकर्तादेखि ठूलो मत पौडेलको पक्षमा छ। कार्यकर्ताको बलमा नै उनले उम्मेदवारी दिएका हुन्, ब्याक हुने कुरै छैन’, स्थानीय नेता भन्छन्,‘फिर्ता लिए कांग्रेसको जग र नैतिकतामा नै प्रश्न उठ्नेछ।’

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...