गगनले बाख्रापालन गर्ने भनेर अनुदानमा लिएको पैसा झ्रवाम पारेको आरोप



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेविरुद्ध विष वमन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले खटाएका कांग्रेस महामन्त्री गगन थापामाथि आर्थिकदेखि नैतिक प्रश्न उठेका छन्। बुधबार मात्र पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको उनले आलोचना गरेका थिए। तर उनै थापा स्वास्थ्य मन्त्री हुँदा गरेका कतिपय सम्झौता कार्यान्वयन नभएको सवालमा भने तर्किने गरेका छन्।

यसैगरी कृषि मन्त्रालयमार्फत अनुदानमा बाख्रापालन गर्ने भनेर लिएको रकमको दुरुपयोग गरेको सवालमा पनि उनी तर्किने गरेका छन्। उनलाई एमाले नेता तथा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले सोधेका थिए,‘बाख्रा खोइ? खोर पनि छैन।’ उक्त प्रश्नको गैरजिम्मेवार जवाफ उनले एउटा अन्तरवार्तामा दिँदै भनेका थिए,‘केही बेचें, कति सेकुवा बनाएर खाएँ।’

काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा पुगेका थापाले चुनाव ताका पनि प्रोपोगान्डा गरेका थिए। एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईविरुद्ध उनले टालो बाँधेर चुनावमा प्रोपोगान्डा गरी उभिएका थिए।

कांग्रेसमा स्थापित हुनका लागि ससुरा अर्जुननरसिंह केसीको लिगेसी प्रयोग गरेका थापा महामन्त्री बन्न शेखर कोइरालाको प्यानलमा आएका थिए। तर जितपछि भने उनी सभापति देउवाको खेमामा उत्रिएर विवादीत अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गराउनका लागि माओवादी र नेकपा एकीकृत समाजवादीलाई कन्भिन्स गर्न खटिएका थिए।

कांग्रेसका कतिपय कार्यकर्ताले गठबन्धन नरुचाई स्वतन्त्र उम्मेदवारी दिएपछि फर्किनका लागि आह्वान गरेका थापामाथि अवसरवादीको आरोप पनि लागेको छ। ‘स्वतन्त्र उम्मेदवारी दिनका लागि उक्साउने अहिले कारबाही हुन्छ भनेर थर्काउने महामन्त्रीमाथि नैतिक प्रश्न गर्नुपर्छ’, कतिपयले सामाजिक सञ्जालमा नै सोधेका छन्।

पदमा हुँदा कुनै पनि प्रकारका काम गर्न नसक्ने थापा एमाले सरकारले गरेका कामप्रति भने अनुदार छन्। त्यसैले प्रतिनिधि सभामा पनि उनको सवालको सुनुवाई हुने गरेको थिएन।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...