मकवानपुरका अध्यक्षले नै त्यागे नेकपा एस, भने माधव नेपालले कम्युनिष्ट सक्न खोजे



हाम्रो इकोनोमि

 

 

माधव नेपाल नेपाली कांग्रेसको पुच्छर बनेर कम्युनिष्ट आन्दोलन सिध्याउने मिसनमा लागेको भन्दै सो नेकपा एकीकृत समाजवादीका मकवानपुर अध्यक्षसहितका जिल्लाका हस्तीहरुले पार्टी परित्याग गरेका छन । अध्यक्षसहितका नेताहरुले पार्टी छाडेपछि कांग्रेसको सेवा गरेबापति सत्ता गठबन्धनको भागबन्डामा हेटौंडा उपमहानगरपालिकाको नेतृत्व पाएको नेकपा एसलाई चुनावी अभियान सुरू नहुँदै ठूलो धक्का लागेको छ ।

गठबन्धन कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने र निर्वाचित निकायलाई केही दलको सिण्डिकेटबाट भ्रष्टाचारको अखडा बनाउने नियत देखिएको ठहरसहित नेकपा एसका मकवानपुर जिल्ला अध्यक्ष श्रीधरकुमार पोखरेलले राजीनामा दिनुभएको हो । पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी ८ महिनाअघि एमालेबाट भएको विद्रोह कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्राप्तिको महत्वाकांक्षा तथा पद प्राप्तिको चरम इच्छामात्र रहेछ भन्ने पुष्टि भएको बताउनु भयो ।

‘नत यो विद्रोहले पार्टी निर्माण गर्न सक्छ र निर्वाचन पश्चात देशव्यापी रुपमा पार्टी कमजोर हुने र नेपालको कम्युनिष्ट आन्दोलनसमेत क्षत विक्षत हुने ठहरका साथ मलाई ८ महिना नेकपा (एस) मकवानपुर जिल्लाको अध्यक्ष मै रहदा साथ सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद दिँदै कम्युनिष्ट आन्दोलनको रक्षाका लागि विद्रोह गर्न र व्यक्तिवादी प्रालिको विरुद्ध आवाज उठाउन हार्दिक अनुरोधसहित सबैप्रति आभार व्यक्त गर्दै आजका मितिबाट पार्टीको सदस्य समेत नरहने गरी पार्टीको सबै जिम्मेवारीबाट यो राजीनामा गर्ने निधो गरेको छु,’ पोखरेलले भन्नुभयो ।

पोखरेलसँगै नेकपा एसका जिल्ला सचिवालय सदस्य देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र किसी र गोपालबहादुर स्याङ्तानले पनि पार्टी छाडनु भएको छ ।

‘आज गठबन्धनको नाममा जे जसरी अँध्यारो कोठामा बसेर नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पर्ने गरी आफ्नो कुन्सित मनसाय पूरा गर्न जे षड्यन्त्र भइरहेको छ र एउटा निर्वाचित निकायलाई भोलि भ्रष्टाचारको अखडा बनाउने नियतप्रति मेरो असहमति जनाउँदै ८ महिना आगाडि भएको विद्रोह केवल कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्राप्ति को महत्वकांक्षा र पद प्राप्तिको चरम इच्छा र सोचमात्र रहेछ’, पोखरेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...