देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस फुट्यो



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाको निषेधको राजनीतिले डडेल्धुरामा नेपाली कांग्रेस फुटेको छ। देउवाको गृहजिल्लामा पूर्वसभापति कर्ण मल्लसहितको नेता कार्यकर्ता नेपाली कांग्रेस (वीपी)मार्फत चुनावी मैदानमा उत्रिएका छन्।

कांग्रेस क्रियाशिल सदस्यता विवादका कारण मल्ल पक्ष असन्तुष्ट हुँदा देउवाले पेलेरै अगाडि बढ्ने निधो गरेका थिए। मल्ल नेतृत्वको पक्षले डडेल्धुराका स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गर्ने निर्णयसहित चुनावी मैदानमा छन्।

मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँट गर्दा अन्यायमा परेका नेताहरूलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिँदै आएका थिए। त्यसमा पनि देउवाले पेलेपछि एमालेसँग सहकार्य भएको बताइन्छ।

दुई नगरपालिका र पाँच वटा गाउँपालिका रहेको डडेल्धुरामा कांग्रेसबाट अलग भएको मल्ल पक्षले नेकपा एमालेसँग तालमेल गरेर सोमबार उम्मेदवारी दर्ता गराएको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...