देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस फुट्यो



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाको निषेधको राजनीतिले डडेल्धुरामा नेपाली कांग्रेस फुटेको छ। देउवाको गृहजिल्लामा पूर्वसभापति कर्ण मल्लसहितको नेता कार्यकर्ता नेपाली कांग्रेस (वीपी)मार्फत चुनावी मैदानमा उत्रिएका छन्।

कांग्रेस क्रियाशिल सदस्यता विवादका कारण मल्ल पक्ष असन्तुष्ट हुँदा देउवाले पेलेरै अगाडि बढ्ने निधो गरेका थिए। मल्ल नेतृत्वको पक्षले डडेल्धुराका स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गर्ने निर्णयसहित चुनावी मैदानमा छन्।

मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँट गर्दा अन्यायमा परेका नेताहरूलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिँदै आएका थिए। त्यसमा पनि देउवाले पेलेपछि एमालेसँग सहकार्य भएको बताइन्छ।

दुई नगरपालिका र पाँच वटा गाउँपालिका रहेको डडेल्धुरामा कांग्रेसबाट अलग भएको मल्ल पक्षले नेकपा एमालेसँग तालमेल गरेर सोमबार उम्मेदवारी दर्ता गराएको थियो।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...