गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु : केशव स्थापित



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको प्रमुख पदका उम्मेदवार केशव स्थापितले आफूले गठबन्धनको उम्मेदवार भन्दा दोब्बर मत ल्याउने दाबी गरेका छन् । उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुराकानी गर्दै स्थापितले आफ्नो उम्मेदवारी दर्तासँगै गठबन्धनको गेम ओभर भएको बताए ।

‘कांग्रेसको स्थायी भोट ४५ हजार मात्रै हो । माओवादीको ७ हजार । सबै खस्यो भने पनि ५२ हजार होला । समाजवादीले भोट लग्यो भने गठबन्धनको ५५–५८ हजार होला । काठमाडौंका जनताले पहिल्यै ८४ हजार ६ सय मत दिएको मान्छे हुँ म । त्यसैले गेम इज ओभर । हामी चुनाव जित्छौँ’, स्थापितले भने ।

उनले ‘सानातिना विवादले आफूलाई असर नगर्ने’ समेत उल्लेख गरे । ‘विवादमा नआउने पनि केशव स्थापित हुन्छ ? मलाई यस्ता विवादले केही असर गर्दैन । मैले बनाएको माइतीघरमा नाराबाजी गर्नेहरू सबै मेरा मतदाता हुन्’, स्थापितले भने ।

उनले महानगरभित्र रहेका कलेजहरूको भवन नयाँ बनाउने बताए । त्रिचन्द्र कलेजमा नयाँ टावर बनाएर प्राज्ञिक केन्द्र खडा गर्ने स्थापितको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...