काठमाडौंमा पनि भाँडियो गठबन्धन, नेकपा एसबाट उपमेयरमा रामेश्वर श्रेष्ठ



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ । केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार महासचिव डा. बेदुराम भुसालले महानगरपालिका र उपमहागरपालिकामा नेकपा एसले पाएका पदको उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् ।

नेकपा एसबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा अहिलेका वडाध्यक्ष ईश्वरमान डंगोल, सर्वोत्तम डंगोललगायत आकांक्षी थिए । तर सम्मानित नेता झलनाथ खनालको दबाबमा श्रेष्ठलाई अघि सारिएको हो ।

उनीसँग जनप्रतिनिधि बनेको अनुभव भने छैन । नेकपा एसले पोखराको मेयरमा धनराज आचार्य र हेटौंडाको मेयरमा मीना लामालाई निर्णय गरिसकेको छ । त्यस्तै इटहरीको उपमेयरमा केशवकुमार विष्टलाई उम्मेदवार बनाएको छ ।

नेकपा एसले आफ्नो पार्टीबाट प्रमुख उपप्रमुख तथा वडाध्यक्ष तथा सदस्यहरु सबैले कलम चिह्नबाटै चुनाव लड्ने निर्णय गरेको छ। कांग्रेसले पोखरामा रुख चिह्न लिएर लड्न दबाब दिइरहेका बेला पार्टीले कलम चिह्नबाटै चुनाव लड्ने निर्णय गरेको हो । सो पार्टीले पाँच दलीय गठबन्धनमा सहमति नभएका सबै स्थानमा पार्टीले उम्मेदवारी दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...