काठमाडौंमा पनि भाँडियो गठबन्धन, नेकपा एसबाट उपमेयरमा रामेश्वर श्रेष्ठ



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ । केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार महासचिव डा. बेदुराम भुसालले महानगरपालिका र उपमहागरपालिकामा नेकपा एसले पाएका पदको उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् ।

नेकपा एसबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा अहिलेका वडाध्यक्ष ईश्वरमान डंगोल, सर्वोत्तम डंगोललगायत आकांक्षी थिए । तर सम्मानित नेता झलनाथ खनालको दबाबमा श्रेष्ठलाई अघि सारिएको हो ।

उनीसँग जनप्रतिनिधि बनेको अनुभव भने छैन । नेकपा एसले पोखराको मेयरमा धनराज आचार्य र हेटौंडाको मेयरमा मीना लामालाई निर्णय गरिसकेको छ । त्यस्तै इटहरीको उपमेयरमा केशवकुमार विष्टलाई उम्मेदवार बनाएको छ ।

नेकपा एसले आफ्नो पार्टीबाट प्रमुख उपप्रमुख तथा वडाध्यक्ष तथा सदस्यहरु सबैले कलम चिह्नबाटै चुनाव लड्ने निर्णय गरेको छ। कांग्रेसले पोखरामा रुख चिह्न लिएर लड्न दबाब दिइरहेका बेला पार्टीले कलम चिह्नबाटै चुनाव लड्ने निर्णय गरेको हो । सो पार्टीले पाँच दलीय गठबन्धनमा सहमति नभएका सबै स्थानमा पार्टीले उम्मेदवारी दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...