सिर्जना सिंहविरुद्ध सुरज बैद्य उठाउने एमालेको तयारी



हाम्रो इकोनोमि

 

 

स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु उम्मेद्धवार चयनको तयारीमा जुटेका छन् । सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरको भागबण्डा टुँगो लगाउँदैछ । उता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि धमाधम उम्मेद्धवारको नाम सिफारिश गरिरहेको छ ।

सबैभन्दा चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको मेयरमा कसले बाजाी मार्ला भनेर हेरिएको छ । सत्ता गठबन्धनले काठमाडौं महानगरको नेतृत्व कांग्रेसलाई दिने निर्णय गरिसकेको छ । कांग्रेसबाट यसपटक सिर्जना सिंह मेयरमा उठ्ने लगभग पक्का भैसकेको छ ।

आजै गठबन्धनले काठमाडौंमा मेयरमा सिंहलाई मेयरमा साझा उम्मेद्धवारको रुपमा अघि बढाउने निर्णय गर्दैछ । एमालेले भने अहिलेका मेयर विद्यासुन्दर शाक्य, केशब स्थापित, रामवीर मानन्धरमध्ये एकलाई मेयर उठाउने तयारी गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अहिले चर्चामा रहेका नामभन्दापनि बाहिरको व्यक्तिलाई अघि बढाउने संकेत गरेका छन् । गठबन्धनका साझा उम्मेद्धवार सिंहको विरुद्धमा एमालेले व्यवसायी सुरज बैद्यलाई उठाउने तयारी गरेको स्रोतको दाबी छ ।

अध्यक्ष ओलीले मेयरमा उठ्ने चर्चामा रहेका व्यक्तिहरुलाई मेयरमा किन सिमित हुनुपर्यो ? भन्दै उनीहरुलाई प्रदेश र प्रतिनिधिसभामा उठ्नुपर्ने सुझाव दिने गरेका छन् । बैद्य व्यापारिक पृष्ठभूमिका व्यक्ति भएकोले उनलाई अघि बढाउँदा नै पार्टीलाई हित हुने उनको ठम्याई छ। बैद्य ओलीका विश्वासपात्रको रुपमा परिचित छन् । उनलाई ओली प्रधानमन्त्री भएको बेलामा नेपाल भ्रमण वर्षको संयोजक बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...