भागवण्डाको नयाँ झमेलामा गठबन्धनमा, फेरी रन्किए माधव नेपाल



हाम्रो इकोनोमि

 

 

मंगलबार मध्यरातमा बसेको सत्तारुढ गठबन्धनको बैठकले पनि भागवण्डा मिलाउन सकेन छ । गठबन्धनले महानगरपालिकाको भागवण्डा मिलाए पनि उपमहानगरपालिकाको बाँडफाड सकसपूर्ण देखिएको छ ।

यसै क्रममा जनकपुर र नेपालगञ्ज उपमहानगरमा भागबण्डा नमिलेपछि आज पनि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । जनकपुर र नेपालगञ्ज उपमहानगरपालिकाको दुवै मेयरको पदमा जसपाले दावी नछोडेपछि समस्या उही रहेको हो ।

११ वटा उपमहानगरमध्ये धरान र धनगढीमा कांग्रेसले मेयर र माओवादीले उपमेयर तथा इटहरी, बुटवल र तुलसीपुरमा कांग्रेसले मेयर र एकीकृत समाजवादीले उपमेयर पाउने सहमति भएको छ । त्यस्तै, घोराही र जितपुर–सिमरामा माओवादीलाई मेयर र कांग्रेसलाई उपमेयर दिने गरी बाँडफाँट भएको छ ।

हेटौंडामा मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेस तथा कलैयामा मेयर कांग्रेस र उपमेयर जसपाले पाउने सहमति भएको छ । ६ वटा महानगरमा कांग्रेसले ३ वटा, माओवादी, जसपा र नेकपा एसले एक एक वटा मेयर पाउने सहमति भइसकेको छ ।

यद्यपि गठबन्धनका शीर्ष नेतृत्वले बालुवाटारमा गरेको सहमतिमा भने स्थानीय नेता कार्यकर्ताहरुले आक्रोश र असन्तुष्टि पोखेका छन् । भरतपुर, पोखरा र वीरगञ्जमा अरु दललाई नेतृत्व दिने प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले निर्णय गरेसँगै कांग्रेसका भूगोलका नेता कार्यकर्ताहरुले असन्तुष्ट व्यक्त गरेका हुन् ।

उनीहरुले विद्रोह गर्ने र निर्वाचनको परिणामको जिम्मा नलिनसम्म चेतावनी दिएका छन् । उता पोखरामा गठबन्धनका उम्मेदवारले कांग्रेसको रुख चिन्हबाट चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने कांग्रेसका नेताहरुले शर्त राखेका छन् । नत्र गठबन्धन बहिष्कार गर्ने उनीहरुको चेतावनी रहेको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको भागबण्डामा आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै कुनै पनि पक्षबाट हुने अपमान सैह्य नहुने बताएका छन् । नेकपा गौरवशालीसँग पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू अपमान सहन नसकेर विद्रोह गरेका शक्ति भएकाले आफूहरूको शक्तिलाई कम नआँक्न चेतावनी दिए ।

नेपालले भने- हामी अपमान सहन जन्मिएका होइनौँ,अपमानका विरुद्ध विद्रोह गरेका शक्ति हौँ । हामी हाम्रो शक्तिको अति मूल्याङ्कन गर्दैनौँ तर अवमूल्यन गर्न पनि पाइँदैन । नेपालले सात महिनामै नेकपा एसले मेची देखि महाकालीसम्म जनलहर सिर्जना गरेको बताए । उनले सत्ता गठबन्धनमा चुनावी तालमेल हुने भन्दै भागबण्डा हैसियत अनुसार नै हुने बताए ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...