भोलिदेखि शुरू हुँदै क्यान इन्फोटेक



हाम्रो इकोनोमि

 

 

बुधबारदेखि २७ औं संस्करणको आईएमई पे क्यान इन्फोटेक भृकुटिमण्डपमा शुरू हुँदैछ । वैशाख ७ गतेसम्म १२ गतेसम्म आयोजना हुने उक्त इन्फोटेकको तयारी क्यान महासंघले अन्तिम चरणमा पुर्‍याएको छ ।  विगतकोभन्दा यसपटकको क्यान इन्फोटेक केही विशेष हुनेछ । क्यान इन्फोटेक caninfotech2022.com मा गएर अनलाइन अवलोकन गर्न सकिने छ । उक्त भर्चुअल प्रदर्शनीका लागि मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रुपमा क्यान महासंघसँग सहकार्य गरेको छ ।

इन्फोटेकको टिकटलाई पनि पूर्ण डिजिटल बनाइएको छ । क्यासलेस अर्थतन्त्रलाई प्रवर्द्धन गर्न महासंघले इन्फोटेकको टिकट पेपरलेस बनाएको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताए । यस पटक डिजिटल वालेट आईएमई पे मोबाइल एप प्रयोग गरेर १ रूपैयाँ तिरेर क्यान इन्फोटेक हेर्न सकिने छ ।  अनलाइनबाट टिकट नकाट्नेलाई कार्यक्रम स्थलमै डिजिटल टिकट काट्ने व्यवस्था मिलाइने छ । इन्फोटेकमा स्टार्टअप तथा इन्नोभेसन प्याभिलियन, एक्सेसरिज तथा सफ्टवेयर प्याभिलियन, फिनटेक प्याभिलियन र ई-गभर्नेन्स प्याभिलियन हुनेछन् ।

४ लाख बढीले इन्फोटेक अवलोकन गर्ने आयोजकको अपेक्षा छ । कोरोना महामारीले सूचना प्रविधिको महत्व बुझाएको र यस पटकको इन्फोटेकको प्रवेश शुल्क पनि १ रूपैयाँ रहेका कारण ४ लाख बढीले अवलोकन गर्ने कुँवर बताउँछन् ।

इन्फोटेकमा सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी, ब्लक चेन तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहने छन् ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पेले गरेको छ भने सह-प्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ ।

इन्फोटकको प्लाटिनम प्रायोजक वर्ल्डलिङ्क कम्युनिकेसन, डायमण्ड प्रायोजक डिश होम फाइबरनेट, गोल्ड प्रायोजकमा जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, सिल्भर प्रायोजकमा नमस्ते पे, डिजिकम, एस-पावर, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजीज नेपाल, फर नेपाल र टेकमिन्ट रहेका छन् ।

त्यसैगरी इन्नोभेसन पार्टनर सफ्टवेरिका कलेज, एकेडेमिक पार्टनरको रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब, इकमर्स पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रुपमा अल्ट्रा एल.ई.डी. रहेका छन् ।त्यसैगरी प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रबन्ध गर्न रेबानसँग सहकार्य गरिएको छ । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आईएमई बैंक, अफिसियल इन्स्योरेन्सको रुपमा आईएमई जनरल ईन्स्योरेन्स रहेका छन् ।

इन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, सुचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसियसन अफ नेपाल लगायत अन्तराष्ट्रिय संस्था विट्सा, असोसियोको प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग एवं समर्थन रहेको छ ।

 

आईएमई पेबाट यसरी काट्नुहोस् टिकट

आईएमई पेबाट टिकट काट्न शुरूमा आईएमई पे एप डाउनलोड गरेर अकाउन्ट बनाउनु पर्ने हुन्छ । यदी तपाईले पहिले नै आईएमई पेमा अकाउन्ट बनाउनु भएको छ भने एप खोल्नुहोस् र ‘इभेन्ट्स’ अप्सनमा क्लिक गर्नुहोस् ।

क्लिक गरिसकेपछि त्यहाँ क्यान इन्फोटेक २०२२ लेखेको देखिन्छ । त्यसको थौरै तल डिटेल्स लेखेको अप्सन छ, त्यो डिटेल्समा क्लिक गर्नुहोस् ।

यति गरेपछि टिकेट्समा क्लिक गर्नुहोस् र कति वटा टिकट काट्नु पर्ने हो त्यो छनोट गर्नुहोस् । अनि कन्फर्ममा थिच्नुहोस् र आफ्नो पीन नम्बर हालेर टिकट काट्न सकिने छ । टिकटमा क्युआर कोड समेत राखिएको छ ।

यदी तपाईले आईएमई पे एप डाउनलोड गर्नुभएको छैन् भने एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...