श्री लालीगुराँसको सातौ सदस्य सुविधा काउन्टर काठमाडौंको नयाँ बजारमा



हाम्रो इकोनोमि

 

 

 श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौ सदस्य सुबिधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालन भएको छ । संस्थाले सो सुविधा काउन्टरबाट आज सोमबारबाट कारोबार शुरु गरेको हो । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजार स्थित सदस्य सुविधा काउण्टरको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले शेयर सदस्यलाई सर्वसुलभ सुबिधा उपलब्ध गराउन थप सदस्य सुविधा काउन्टर उद्घाटन गरेको बताउनुभयो । उहाँले भन्नुभयो–हामी उपत्यकामा अझै केही सदस्य सुविधा काउन्टर सञ्चालन गर्नेछौ । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको सदस्यलाई थप सेवा दिन नयाबजारमा सातौ सदस्य सुविधा काउन्टर स्थापना गरेको बताउनुभयो । उहाँले भन्नुभयो – नेपालको उत्कृष्ठ सहकारी संस्थाको पहिचान दिन सफल संस्थाले थप सुविधा विस्तार गर्ने लैजाने बताउनुभयो । उहाँले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताउनुभयो ।

 

पुल्चोकमा मुख्य कार्यालय रहेको संस्थाले यसअघि ललितपुर चापागाँउ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र सूर्यविनायक तथा चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरी सकेको छ । प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको जानकारी गराउनुभयो । संस्थाले हालसम्म करिब ३ सय भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ । बि.सं. २०५६ साल भदौ १८ गते दर्ता भै असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्था वागमती प्रदेशको उत्कृष्ट सहकारी हो । संस्थाले बहुउद्देश्यीय लगानी तर्फ स्वास्थ्य क्षेत्र मा लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्रमा श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि. कलेज र नेशनल एकेडेमी, कृषि क्षेत्रमा चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रमा सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लगायत विभिन्न संघ संस्थामा समेत लगानी गरेको छ । संस्थाबाट संचालित कार्यक्रमलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी रुपमा सञ्चालन गर्न आफ्ना सम्पुर्ण कर्मचारीलाई समय समयमा तालिम दिइरहेको छ । सस्थाले निकट भविष्यमा उपत्यका भित्र र बाहिर गरी थप ५ स्थानमा थप सदस्य सुविधा काउण्टर बिस्तार गर्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...