यस्तो छ नेकपा एमालेको नयाँ मुख्यालय



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) ले तुलसीलाल अमात्य प्रतिष्ठानसँग मासिक ३ लाख रुपैयाँ भाडा तिर्ने गरी पार्टी मुख्यालय राख्ने सम्झौता गरेको छ । ललितपुरको च्यासलमा रहेको तुलसीलाल अमात्य प्रतिष्ठानमा एमालेले वैशाख ९ गतेदेखि पार्टी केन्द्रीय कार्यालय राख्दैछ । एमालेले पार्टी स्थापना दिवसको कार्यक्रम च्यासलमै गर्ने तयारी गरेको हो ।

पार्टी कार्यालयका सामान सार्ने काम अन्तिम चरणमा पुगेको एमाले प्रचार-प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताए । थापाथलीस्थित कार्यालय साँघुरो भएपछि एमालेले पार्टी मुख्यालय सार्न लागेको हो। प्रतिष्ठानको च्यासलमा प्रशस्त ठाउँ छ। प्रतिष्ठानको कार्यालय भने भवन नजिकैको खाली ठाउँमा बनाइँदैछ।

एमालेले ५ वर्षका लागि भवन भाडामा लिन लागेको हो । भवनमा बनेका संरचना ५ वर्षपछि प्रतिष्ठानकै हुनेछन् ।
तुलसी लाल प्रतिष्ठान स्वायत्त संस्था भएपनि त्यसको सञ्चालन एमालेकै नेताहरूको नेतृत्वमा हुन्छ ।
प्रतिष्ठानको अध्यक्ष एमाले नेता एवम् पूर्वमन्त्री गोपाल शाक्य छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...