गठबन्धन कार्यदलको बैठकमा खटफट, मिलेन भागबण्डा



हाम्रो इकोनोमि

 

 

स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाको विषयमा गठबन्धन दलहरूबिच आजै सहमति जुट्ने सम्भावना न्यून हुँदै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक जारी छ । तर भागबण्डाका विषयमा दलहरूका आ-आफ्ना दाबी कायम रहेका कारण सहमतिकाे सम्भावना कम हुँदै गएकाे हाे ।

बैठकमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चाधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज सामान्य छलफल मात्रै हुने संकेत गरे । बैठकबाट बाहिरिएका कार्कीले बैठक भोलि पनि बस्ने र साे बैठकमा निर्णय हुने बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समिति बैठकमा ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डाका विषयमा छलफल भइरहेको छ । भागबण्डाको अन्तिम टुंगो भने शीर्ष तहबाट नै लाग्नेछ । समितिले आफ्नो प्रतिवेदन बुझाएपछि शीर्ष नेताहरूले अन्तिम रूप दिनेछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...