गठबन्धन कार्यदलको बैठकमा खटफट, मिलेन भागबण्डा



हाम्रो इकोनोमि

 

 

स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाको विषयमा गठबन्धन दलहरूबिच आजै सहमति जुट्ने सम्भावना न्यून हुँदै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक जारी छ । तर भागबण्डाका विषयमा दलहरूका आ-आफ्ना दाबी कायम रहेका कारण सहमतिकाे सम्भावना कम हुँदै गएकाे हाे ।

बैठकमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चाधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज सामान्य छलफल मात्रै हुने संकेत गरे । बैठकबाट बाहिरिएका कार्कीले बैठक भोलि पनि बस्ने र साे बैठकमा निर्णय हुने बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समिति बैठकमा ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डाका विषयमा छलफल भइरहेको छ । भागबण्डाको अन्तिम टुंगो भने शीर्ष तहबाट नै लाग्नेछ । समितिले आफ्नो प्रतिवेदन बुझाएपछि शीर्ष नेताहरूले अन्तिम रूप दिनेछन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...