एमालेबाट काठमाडौंको मेयरमा पाँच जना उम्मेदवारको नाम सिफारिस



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ । काठमाडौँ नगर कमिटीले नगर प्रमुखको उम्मेदवार बन्नका लागि पाँच जनाएको नाम सिफारिस गरेको हो ।

नगर कमिटीले वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस गरेको हो ।

नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने छ । जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने मापदण्ड तय गरिएको छ । महानगरमा एमालेका उपप्रमुखको उम्मेदवारका विषयमा भने छलफल जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...