कर्णालीमा माधव समुह छाडदै एमालेमा आँउदै



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादी दैलेख जिल्ला सचिव मानबहादुर खड्का नेकपा एमालेमै फर्किनु भएको छ । माधव कुमार नेपालको भ्रममा परेर सही पार्टी छाडेको भन्दै सचिव खडका आज एमालेमै फर्कनुभएको हो । उहाँलाई नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मी तथा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले पार्टीमा स्वागत गर्नुभएको छ ।

एमाले दैलेखको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा खड्कालाई एमालेमा स्वागत गरिएको हो। उक्त अवसरमा एमाले नेताहरु नन्दकिशोर बस्नेत, दानबहादुर थापा, चन्द्रा रेग्मी, याम नारायण उपाध्याय, शान्तिप्रसाद शर्मा लगाएको उपस्थिति थियो।

२०४६ सालदेखि नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहँदै आउनु भएका खड्का एमाले विभाजनपछि एकीकृत समाजवादीका जिल्ला सचिव बन्नुभएको थियो । २०५४ सालमा नेकपा एमालेको तर्फबाट तत्कालीन कट्टी गाविसको उपाध्यक्षमा निर्वाचित भएका खड्का जिल्लाको कम्युनिष्ट आन्दोलनमा सकारात्मक र इमान्दार राजनीतिक कार्यकर्ताको परिचय बनाउनु भएको छ ।

एमालेमा फर्किएका नेता खड्काले पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादीको जिल्ला सचिवको रुपमा रहेर काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापनसमेत गरेर्नुभएको छ। उहाँले कम्युनिष्ट आन्दोलनको रक्षा, पार्टी एकताको सुद्धृढीकरण र जनताको पक्षमा आफूलाई समर्पित गर्न नेकपा एमालेमै फर्किएको बताए। नेता खड्काले पार्टी विभाजनपछि नेकपा एमाले भन्दा बाहिर रहेएका सबै नेता कार्यकर्तालाई पार्टी एकता र कम्युनिष्ट आन्दोलनका रक्षाको लागि नेकपा एमालेमा गोलबन्द हुन आह्वानसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...