नेकपा एमाले बाहविसे नगर प्रमुखमा तीन जनाको नाम सिफारिस



हाम्रो इकोनोमि

 

 

 

आसन्न स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका प्रमुखमा तीन जनाको नाम सिफारिस भएको छ । नगर कमिटीको दुई दिनसम्म चलेको बैठकले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बाह्रबिसेमा सम्पन्न नगर कमिटीको बैठकमा सर्वसम्मत नाम तय हुन नसकेपछि एक महिलासहित नाम जिल्ला कमिटीमा पठाईएको नगर सचिव राजकुमार सुवेदीले जानकारी दिए । नगर प्रमुखमा सात जनाको दावी भएपनि नाम छाटेर तीन जनाको नाम सिफारिस गरिएको हो । केही सञ्चारमाध्यमले सर्वसम्मतमा नाम एकजनाको मात्र सिफारिस गरिएको भन्दै समाचार लेखेको र त्यसो नभएको नगर अध्यक्ष ज्ञानेन्द्र राउतले सामाजिक सञ्जालमा लेखेका छन् ।

बैठकपछि हालका नगरप्रमुख निमफुञ्जो शेर्पा, एमाले जिल्ला सचिवालय सदस्य युद्धबिक्रम तामाङ (डिबी ) र कल्याणी घिसिङको नाम पठाईएको नगर कमिटिको माईन्युटमा लेखिएको छ । आफू पनि नगरप्रमुखको दावीमा रहेका तर, पछिल्लो समय दावी छोडेको अध्यक्ष राउतले बताए । उपप्रमुखमा भने बर्तमान उपप्रमुख सुशीला पाख्रिनको नाम पठाईएको छ । सर्वसहमत गर्ने प्रयास भएपनि त्यो सफल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...