हाम्रो कुरा बिक्न छाड्यो, मलाई जनताले मन पराउन छाडे : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताको अवस्था दयनीय बनेपछि कुलमान घिसिङको फोटो चुनावी प्रचारमा दुरुप्रयोग गरेको तथ्य उजागर भएको छ ।

अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरु एकपछि अर्काे बदमान बनेको र कालो धनको पक्षमा उभिएका कारण जनताले तिरस्कार गर्ने देखेर अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्माको प्रचार गर्न कुलमानको फोटो राखेको तथ्य बाहिर आएको हो । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले आफ्नो तस्वीर अनुमतिविना चुनावी पोस्टरमा राखेको भन्दै आपत्ति जनाएपछि यो तथ्य उजागर भएको हो ।

माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत आज विहान सार्वजनिक गरेको चुनावी पोस्टरमा घिसिङको पनि तस्वीर राखिएको थियो । पोस्टरमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्वीर प्रयोग गरी ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको ह्यासट्याग भोट फर सीपीएन माओइस्ट’ लेखिएको थियो । यो पोष्टर प्रचण्डसहित माओवादीका सवैजसो नेताले शेयर गर्नुभएको छ । पोस्टर सार्वजनिक भएपछि घिसिङले आपत्ति जनाउनु भएको छ ।

‘यो कुरा मलाई थाहा थिएन । मेरो तस्वीर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु । हटाउँछु भनेका छन । निर्वाचन आचारसंहिता र कर्मचारी आाचारसंहित दुवैले मेरो तस्वीर राख्न दिंदैन । थाहा पाउने वित्तिकै हटाउन भनेको छु,’ घिसिङले भन्नुभएको छ ।

खुमलटार स्रोतका अनुसार अध्यक्ष प्रचण्डको मात्रै पोष्टर राख्दा जनताले तिरस्कार गर्ने देखिएपछि तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट बिजुली खरिद गरी लोडेडिङ हटाएको तथ्यलाई ढाकछोप गर्दै कुलमानले उज्यालो नेपाल बनाएको भन्दै आफ्नो कुकर्म ढाकछोपका लागि यो पोष्टर बनाइएको हो । स्रोतका अनुसार आफूलाई जनताले मन पराउन छाडको भन्दै प्रचण्डले नै कुलमानको फोटो राखेर पोष्टर बनाउन निर्देशन दिनुभएको थियो ।

‘हाम्रो कुरा बिक्न छाड्यो, अव कुलमानलाई उपयोग गरौं भन्दै सिएम (प्रचण्डललाई सम्बोधन गर्ने माओवादी नेताका भाषा) ले नै भन्नुभएको हो, कुलमानलाई हतियार बनाउँदा केही भोट थपिन्छ कि भन्ने हो, तर उल्टो भयो, कुलमानले मिडियामै आपत्ति जनाउनु भयो,’ प्रचण्ड निकट एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस
क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...

प्रचार सामग्रीमा एमालेले हट्यो ओलीको फोटो

  नेकपा एमालेले सार्वजनिक कार्यक्रम र पार्टी प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको...

चुनावमा खाएको धक्काको जिम्मेवारी कसले लिने : योगेश

    नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट...