सबै मिलेर एमालेलाई हराऔं : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मिलेर एमालेलाई ब्याटलमा हराउनुपर्ने बताएका छन् । जसपाका सुदूरपश्चिम अध्यक्ष कृष्णकुमार चौधरीलाई स्वागत गर्दै सम्बोधनको क्रममा प्रचण्डले एमालेविरुद्ध जसरी पनि जित हात पार्नु पर्ने बताएका हुन् ।

एमाले के चिज हो भन्ने कुरा धेरै लामो अनुभव तपाईंहरूले हासिल गर्नुभएको छ । मेरो पनि तीनवर्षको अनुभव त भयो । सँगै बसेर अनुभव गरेँ,’ उनले भने,‘अब हामी सबै अनुभव हासिल गरेकाहरू एकजुट भएर ब्याटल जित्नुपर्छ । हामीले जित्छौँ ।’ चुनावमा माओवादीले जित्दा राष्ट्रले जित्नुसरह रहेको उनको दाबी थियो ।

उनले भने,‘हामीले जित्नु राष्ट्रले जित्नु परिवर्तनले जित्नु, संघीयता, लोकतन्त्र, गणतन्त्रले समावेशी समानुपातिकताले जित्नु हो ।’

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...