इनरुवा नगरप्रमुखमा एमाले उम्मेदवार सर्वेक्षणमा पोखरेल लोकप्रिय



हाम्रो इकोनोमि

 

 

सुनसरीको इनरुवा नगरपालिकाको आगामी मेयरका लागि नेकपा एमालेबाट सरोज पोखरेल लोकप्रिय उम्मेदवार बनेका छन्। भर्चुअल र साधारण सर्वेक्षणले त्यस्तो देखाएको हो। लोकप्रियताका निम्ति सामाजिक सञ्जाललगायतमा उम्मेदवार चयनका लागि सर्वेक्षण पोल राखिएको थियो।

३० वैशाखमा हुने स्थानीय तहको चुनावी चहलपलमा अन्य दलका पनि लोकप्रिय उम्मेदवार देखा परेका छन्। हालका मेयर राजन मेहता भने सर्वेक्षणमा पछि परेका छन्। कांग्रेसका तर्फबाट समावेश गरिएका नाममध्ये सुनसरी सभापति केदार भण्डारी मेयर पदको उम्मेदवार बन्नुपर्छ भन्ने जनमतमा दुई गुना बढी मत खस्यो।

नेकपा एमालेबाट इनरुवाको मेयरका लागि उम्मेदवारका आकाक्षीहरुको आधा दर्जन सुचीमध्ये युवा नेता पोखरेल एमालेका नेता कार्यकर्ता, समर्थक, शुभचिन्तक र इनरुवावासी माझमा लोकप्रिय उम्मेदवारका रुपमा अगाडी देखिएका हुन्।

इनरुवा १० वटा वडाहरुमा जनमत नमुना सर्वेमा समावेश गरिएका एमालेका तर्फबाट उम्मेदवारका दावेदार रहेका पूर्वमेयर खेमराज पोखरेल, अधिल्लो निर्वाचनका उम्मेदवार पोष्टकुमार नेपाल, इनरुवा नगर अध्यक्ष प्रेम पौडेल, एमाले नेता इन्द्र पोखरेल, कालुराम गुरुङ र भर्खर एमाले प्रवेश गरेका मनोज मेहतामध्ये चुनावी मैदानमा विपक्षीसँग प्रतिष्पर्धा गर्न योग्य र लोकप्रिय उम्मेदवार पोखरेल हुने इनरुवावासीले अभिमत जनाएका थिए ।

इनरुवाका युवाहरु एडमिन रहेको इनरुवा अपडेडस् र हाम्रो इनरुवा प्यारो इनरुवा नाम गरेको फेसवुकको पब्लीक गुप्रमा समेत एमालेका अन्य दावेदार मध्ये युवा नेता पोखरेलका पक्षमा भोटपोल जनमतको बहुसख्यकले मतदान गरेका छन्।

प्रतिक्रिया दिनुहोस
रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...