कांग्रेसले भरतपुर महानगरपालिकाको मेयर नछाड्ने, रेनु दाहाल तनावमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस चितवनले गठबन्धन कार्यदलका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर नछाड्न दबाब दिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, नेता जगन्नाथ पौडेललगायतले पौडेललाई भेटेर महानगर मेयर नछाड्ने बटमलाइनसहितको कांग्रेस जिल्ला कार्यसमिति चितवनको सर्वसम्मत निर्णय बुझाएको निवर्तमान सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए । टोलीले सभापति शेरबहादुर देउवलाई पनि भेट्ने तयारी गरेको छ ।

२०७४ को चुनावमा कांग्रेस र माओवादीले भरतपुरको मेयर र उपमेयरमा मात्र गठबन्धन गरेका थिए । जस अनुसार भरतपुरमा माओवादीकी रेनु दाहाल मेयर निर्वाचित भएकी थिइन् । यसपटकको चुनावमा पनि माओवादीले भरतपुरको मेयरमा दाबी गरिरहेको छ । तर कांग्रेस चितवनले भने भरतपुरमा माओवादीलाई मेयरमा समर्थन गर्न नसकिने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...