एमालेसँग तर्सिए प्रचण्ड, बाबु-छोरी दुवैलाई चुनाव हार्ने चिन्ता



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा पराजय हुने पिर लिन थालेका छन् । निरन्तर गृहजिल्ला चितवनका कार्यक्रममा पुगिरहेका उनी चुनावी अभियानमा भए पनि पराजित हुने त्रसित मानसिकतामा रहेको देखिएको छ।

उनले चितवनमा आयोजित एउटा कार्यक्रममा सम्बोधन गर्दै हालै मात्र भनेका छन्,‘देशी विदेशी शक्ति प्रचण्डलाई चितवनमा कसरी हराउने भन्ने षडयन्त्रमा लागेका छन् ।’ देशी विदेशी शक्ति खुशी बनाउनका लागि प्रचण्ड आफैं नै सत्ता समिकरणका विभिन्न खेलमा लागेका थिए । त्यसैको जगमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गिराउँदै अदालतको परमादेश जारी गराउन सत्ता गठबन्धन प्रचण्डले गराएका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरी गठबन्धनसहित संयन्त्र गठनमा पनि सक्रिय देखिएका प्रचण्ड विवादीत अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउन पनि सक्रिय देखिए । एक उच्च अधिकारी भन्छन्,‘देशी विदेशी शक्तिसँग त प्रचण्ड नै उठबस र वार्तामा सक्रिय रहेका छन् । फेरि उनलाई कसले हराउन लागेको हो? यो चुनावमा मान्छेलाई भुलभुलैयामा राख्ने भन्दा अर्को केही पनि होइन ।’

खासगरी सत्ता गठबन्धन गरे पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको चुनावी रौनक र सभादेखि प्रचण्ड तर्सिएको विश्लेषण गरिएको छ । एमाले अध्यक्ष ओलीलगायतका नेताले प्रचण्डविरूद्ध पनि बलियो प्रतिस्पर्धीलाई मैदानमा उतार्ने तयारी गरेपछि प्रचण्डका चुनावी भाषणमा त्रसित मानसिकता देखिन थालेको बताइन्छ।

सत्ता गठबन्धन गरे पनि निर्वाचन क्षेत्र चितवन कांग्रेसलाई भरतपुर मेयर अथवा प्रचण्डले आफैंले पनि छाड्नुपर्ने शर्तका कारण पनि भयभित छन्। नेपाली कांग्रेसका चितवन सभापति राजेश्वर खनालले स्पष्ट भनेका छन्,‘बाबु छोरी दुवैलाई कांग्रेसले जिताउन सक्तैन, हामीले भरतपुर महानगरपालिकामा दाबी गरेका छौं । गठबन्धन मान्छौं तर जित्ने स्थानमा अरुलाई जिताउने नाममा मान्न सकिन्न ।’

गठबन्धन भएपछि चितवन कांग्रेसले भनेर केही पनि नहुने भन्दै प्रचण्डले दुई साताअघि चुनौतिपूर्ण अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिपछि चितवन कांग्रेसले बैठक राखी मेयरमा दाबेदारी प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...