काठमाडौंको मेयरमा भुवन केसीले उम्मेदवारी दिने



हाम्रो इकोनोमि

 

 

आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा चर्चित अभिनेता भुवन केसीले उम्मेदवारी दिने भएका छन् । कानुन व्यवसायी एवम् सञ्चारकर्मी/अभियन्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीबाट भुवनले मेयर पदमा उम्मेदवारी दिन लागेका हुन् । मंगलबार बसेको सो पार्टीको केन्द्रीय कमिटी बैठकले काठमाडौंको मेयरमा अभिनेता केसीलाई उठाउने निर्णय गरेको बताइएको छ ।

अभिनेता केसीलाई उन्नत लोकतन्त्र पार्टीले परराष्ट्र विभागको विभागीय अध्यक्षको जिम्मेवारीसमेत दिएको छ । त्यस्तै, काठमाडौं महानगरपालिकाको उपमेयर पदमा रेश्मा लामालाई उठाउने निर्णय सो पार्टीले गरेको छ । मेयर र उपमेयर पदका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभावित गर्न एक रुपैयाँ पनि खर्च नगर्ने पार्टीले उल्लेख गरेको छ ।

२०७० सालको संसदीय निर्वाचनमा एमालेले भुवन केसीलाई काठमाडौं क्षेत्र नम्बर १ बाट उठाउने निर्णय गरेको थियो । तर, उनलाई टिकट दिएको भन्दै पार्टीभित्र विरोध भएपछि २४ घन्टामै उनको टिकट खोसियो । यसपछि एमालेसँग उनी टाढिएका थिए । केही दिनयता उनी राप्रपामा प्रवेश गर्न लागेको चर्चा चलेको थियो ।

यसरी उन्नत लोकतान्त्रिक पार्टीले भुवन केसीको उम्मेदवारीबारे सार्वजनिक विज्ञप्तिमार्फत् जानकारी गराएको भए पनि अभिनेता केसीले हालसम्म आफूले कुनै राजनीतिक दलका तर्फबाट उम्मेदवारी दिने निर्णय नगरेको स्पष्टिकरण दिएका छन् ।

मेयरमा आफ्नो उम्मेदवारीसम्बन्धी समाचार सार्वजनिक भएपछि घटना र विचारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मलाई सबैले माया गर्छन्, त्यही मायाका कारण मेराबारे हरेक कुरालाई समाचारको विषय बन्ने/बनाइने गरेको मेरो बुझाइ छ । विभिन्न राजनीतिक दलको नेतृत्वले मलाई आफ्नो पार्टीमा प्रवेश गरी महत्वपूर्ण जिम्मेवारी लिन आग्रह पनि गर्ने गर्नुभएको छ । तर, हालसम्म मैले कुनै पनि दलका तर्फबाट मेयरमा उम्मेदवारी दिने निर्णय नलिएको विनम्र जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...