टिकट छान्ने बिवादले धादिङमा कांग्रेसबीच खुकुरी हानाहान



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस धादिङमा टिकट विवाद चरम अवस्थामा पुगेको छ । जिल्लामा कतै कुटाकुट भएको छ भने कतै खुकुरी हानाहान भएको छ । मंगलबार राति उम्मेदवार सिफारिसको विवादमा असन्तुष्ट पक्षले कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङमाथिद आक्रमण गरी नाक फुटाइदिए छन ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता जागेश्वर भण्डारीका अनुसार कर्यकर्ताले नाक फुटाइदिएका तामाङको अवस्था सामान्य रहेको छ । उहाँले घटनामा संलग्न भएको अभियोमा एक जना पक्राउ परेको पनि जानकारी दिनुभयो । घाइते गाउँपालिका अध्यक्षले भने पार्टीकै नेता राजु पाख्रिनको समूहले आक्रमण गरेको आरोप लगाउनु भएको छ । पाख्रिनले आफ्नो भान्जालाई टिकट दिन दबाब दिएको तर नमानेछि आक्रमण भएको उहाँले बताउनु भयो ।

उहाँले राति ८ बजेतिर गोली समेत चलेको दाबी गर्नुभएको छ । तामाङले आफ्नो नाक फुटाइदिने र गोली चलाउनेहरूकोविरूद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने बताउनु भयो । मंगलबार नै धादिङबेसीमै उम्मेदवार सिफारिसको विषयमा निलकण्ठ नगरपालिकामा पनि खुकुरी हानाहान भएको छ ।

जिल्ला सभापति रामनाथ अधिकारी र निलकण्ठका मेयर भिम ढुंगाना पक्षबीच खुकुरी हानाहान भएको हो । सो क्रममा तीन जना घाइते भएका छन । सोक्रममा दिपक अधिकारी, धनबहादुर कार्की र नकुल वस्ती घाइते हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...