टिकट छान्ने बिवादले धादिङमा कांग्रेसबीच खुकुरी हानाहान



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस धादिङमा टिकट विवाद चरम अवस्थामा पुगेको छ । जिल्लामा कतै कुटाकुट भएको छ भने कतै खुकुरी हानाहान भएको छ । मंगलबार राति उम्मेदवार सिफारिसको विवादमा असन्तुष्ट पक्षले कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङमाथिद आक्रमण गरी नाक फुटाइदिए छन ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता जागेश्वर भण्डारीका अनुसार कर्यकर्ताले नाक फुटाइदिएका तामाङको अवस्था सामान्य रहेको छ । उहाँले घटनामा संलग्न भएको अभियोमा एक जना पक्राउ परेको पनि जानकारी दिनुभयो । घाइते गाउँपालिका अध्यक्षले भने पार्टीकै नेता राजु पाख्रिनको समूहले आक्रमण गरेको आरोप लगाउनु भएको छ । पाख्रिनले आफ्नो भान्जालाई टिकट दिन दबाब दिएको तर नमानेछि आक्रमण भएको उहाँले बताउनु भयो ।

उहाँले राति ८ बजेतिर गोली समेत चलेको दाबी गर्नुभएको छ । तामाङले आफ्नो नाक फुटाइदिने र गोली चलाउनेहरूकोविरूद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने बताउनु भयो । मंगलबार नै धादिङबेसीमै उम्मेदवार सिफारिसको विषयमा निलकण्ठ नगरपालिकामा पनि खुकुरी हानाहान भएको छ ।

जिल्ला सभापति रामनाथ अधिकारी र निलकण्ठका मेयर भिम ढुंगाना पक्षबीच खुकुरी हानाहान भएको हो । सो क्रममा तीन जना घाइते भएका छन । सोक्रममा दिपक अधिकारी, धनबहादुर कार्की र नकुल वस्ती घाइते हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...