तत्काल उम्मेदवार टुंगो नलाउन कांग्रेसको सर्कुलर



हाम्रो इकोनोमि

 

 

आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याउने काम तत्काललाई रोक्न नेपाली कांग्रेसले जिल्ला समितिहरूलाई निर्देशन दिएको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएसँगै कांग्रेसले तत्काललाई उम्मेदवार सिफारिस होल्ड गराएको हो ।

‘कांग्रेसको विधानअनुसार जुन जुन तहले टिकटको सिफारिस गर्ने हो । त्यो त्यो तहले कांग्रेसले दिएको समय सीमा भित्र टुंगो लगाउने भनिएको छ’ नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले  भने, ‘जुन तहले टिकटको निर्णय गर्ने हो त्यो तहलाई केही दिनलाई होल्ड गर्न भनिएको हो । ’ केन्द्रबाट अर्को निर्णय नआउँदासम्म टिकट दिने काम होल्ड गर्न भनिएको हो उनले जानकारी दिए ।

‘अरू प्रक्रिया सबै अगाडि बढाउने भनिएको छ । त्यही टिकटको टुंगो लगाउने काम मात्रै होल्ड गर्न भनिएको हो’ उनले भने ‘अर्को सूचना नआउँदासम्म रोक्न भनिएको हो ।’

यसअघि उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति मातहतलाई परिपत्र गरेर उम्मेदवार टुंग्याउने समयावधि तोकेको थियो । जसअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुंग्याएर नामावली बुझाउन निर्देशन दिइएको थियो ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुङ्गो लगाएर नामावली पठाउन भनिएको थियो । पाँच दलीय गठबन्धनको तालमेल गर्न आवश्यक पर्ने भएको हुँदा यस्तो सर्कुलर गरिएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...