प्रचण्ड-माधवसँग एकता हुदैन : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीसँग चुनावी तालमेल नहुने भन्दै प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा एमाले रहेको बताउनुभएको छ ।

प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभएको छ , ‘माओवादी र नेकपा एकीकृत समाजवादीसँग एमालेले चुनावी तालमेल गर्दैन । तर उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्व गर्छौ ।’

पोखरेलले प्रचण्ड र माधवकुमार नेपाल बाहेकका अरू सबैलाई एमालेले स्वीकार्ने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड र माधवरहित वामएकताको पक्षमा एमाले छ । कम्युनिस्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्नेहरू कम्युनिस्ट हुन सक्दैनन् ।’

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...