सगरमाथामा एमाले अध्यक्ष ओलीको तस्बिर फहराइने



हाम्रो इकोनोमि

 

राष्ट्रिय युवा संघ नेपाल इलामकी सचिवालय सदस्य युवन्तिका तामाङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्विर विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने हुनुभएको छ ।

इलामको सूर्योदय नगरपालिका वडा नं. १० निवासी तामाङले यही अप्रिल ५ देखि मे २९ सम्ममा विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरी अध्यक्ष ओलीको तस्विर फहराउने हुनुभएको हो । अध्यक्ष ओलीले विश्वसामु नेपाल र नेपाली जनताको शीर उँचो बनाएकाले उहाँको तस्विर फहराउने तयारी गरिरहेको उहाँले बताउनुभयो । संगठनमा रहेर काम गरिरहेका कारण राष्ट्रिय युवा संघको झण्डा समेत सगरमाथामा फहराउने तयारी उहाँले गर्नुभएको छ ।

आम नेपाली युवाहरुको प्रतिनिधित्व र युवाहरुको भूमिका तथा मागलाई राज्यका सम्पूर्ण तहमा स्थापित गराउन सफल भएकाले संघको झण्डासमेत ओलीको तस्विरसँगै फहराउने उहाँले बताउनुभयो । उहालाई अध्यक्ष ओली, उमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र संघका केन्द्रीय संयोजक किरण पौडेलले झण्डा हस्तान्तरण गर्दै सफल आरोहणको निम्ति सफलताको शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...