सगरमाथामा एमाले अध्यक्ष ओलीको तस्बिर फहराइने



हाम्रो इकोनोमि

 

राष्ट्रिय युवा संघ नेपाल इलामकी सचिवालय सदस्य युवन्तिका तामाङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्विर विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने हुनुभएको छ ।

इलामको सूर्योदय नगरपालिका वडा नं. १० निवासी तामाङले यही अप्रिल ५ देखि मे २९ सम्ममा विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरी अध्यक्ष ओलीको तस्विर फहराउने हुनुभएको हो । अध्यक्ष ओलीले विश्वसामु नेपाल र नेपाली जनताको शीर उँचो बनाएकाले उहाँको तस्विर फहराउने तयारी गरिरहेको उहाँले बताउनुभयो । संगठनमा रहेर काम गरिरहेका कारण राष्ट्रिय युवा संघको झण्डा समेत सगरमाथामा फहराउने तयारी उहाँले गर्नुभएको छ ।

आम नेपाली युवाहरुको प्रतिनिधित्व र युवाहरुको भूमिका तथा मागलाई राज्यका सम्पूर्ण तहमा स्थापित गराउन सफल भएकाले संघको झण्डासमेत ओलीको तस्विरसँगै फहराउने उहाँले बताउनुभयो । उहालाई अध्यक्ष ओली, उमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र संघका केन्द्रीय संयोजक किरण पौडेलले झण्डा हस्तान्तरण गर्दै सफल आरोहणको निम्ति सफलताको शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...