बुनपा वडा नं २ को अध्यक्षमा राजेन्द्र श्रेष्ठको चर्चा



हाम्रो इकोनोमि

 

 

बुढानिलकण्ठ नगरपालिका वडा नं २  को अध्यक्षमा नेकपा एमालेका तर्फ बाट राजेन्द्र श्रेष्ठ उम्मेदवार बन्ने चर्चा चलेको छ।नेकपा एमाले बुढानिलकण्ठ -२  कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठ २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा उम्मेदवार बन्ने चर्चाले वडा नं २ को राजनीतिमा तरंग पैदा गरेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा १०१९ मत सहित वडा नं २ को सदस्यमा निर्वाचित भएका श्रेष्ठ बुढानिलकण्ठ नगरपालिकाको अनुगमन समिती सदस्य समेत रहेका छन।कोरोना प्रकोपको समयमा आफ्नो सवारीलाई एम्बुलेन्स समेत बनाएर जनसेवामा सक्रिय रहेका श्रेष्ठले नगरपालिकामा द्रुत गतिमा आइसोलेसन केन्द्र निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। राजनीति संगै सहकारीको क्षेत्रमा पनि सक्रिय रहेका श्रेष्ठ वडा नं २ मा विकासप्रेमी युवा नेताका रुपमा परिचित रहेका छन।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...