बुनपा वडा नं २ को अध्यक्षमा राजेन्द्र श्रेष्ठको चर्चा



हाम्रो इकोनोमि

 

 

बुढानिलकण्ठ नगरपालिका वडा नं २  को अध्यक्षमा नेकपा एमालेका तर्फ बाट राजेन्द्र श्रेष्ठ उम्मेदवार बन्ने चर्चा चलेको छ।नेकपा एमाले बुढानिलकण्ठ -२  कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठ २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा उम्मेदवार बन्ने चर्चाले वडा नं २ को राजनीतिमा तरंग पैदा गरेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा १०१९ मत सहित वडा नं २ को सदस्यमा निर्वाचित भएका श्रेष्ठ बुढानिलकण्ठ नगरपालिकाको अनुगमन समिती सदस्य समेत रहेका छन।कोरोना प्रकोपको समयमा आफ्नो सवारीलाई एम्बुलेन्स समेत बनाएर जनसेवामा सक्रिय रहेका श्रेष्ठले नगरपालिकामा द्रुत गतिमा आइसोलेसन केन्द्र निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। राजनीति संगै सहकारीको क्षेत्रमा पनि सक्रिय रहेका श्रेष्ठ वडा नं २ मा विकासप्रेमी युवा नेताका रुपमा परिचित रहेका छन।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...