सुनुवाइ स्थगित गर्न माधव नेपाल पक्षका निवेदन



हाम्रो इकोनोमि

 

 

करिब सात महिनादेखि पटक–पटक सर्दै आएको एमालेबाट निष्कासित १४ सांसदविरुद्धको मुद्दामा आज पूर्ण सुनुवाइका लागि पेसी तोकिएकोमा विपक्षीको तर्फबाट स्थगनको निवेदन पेश भएको छ ।

न्यायाधीश अनिलकुरमा सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको पूर्ण सुनुवाइ स्थगन गर्न माधव नेपालसहित १४ सांसदका पक्षको वकिलबाट निवेदन पेश भएको छ । पूर्ण सुनुवाइका लागि तोकिएको इजलास ‘कम्फटेबल’ नभएपछि आजको सुनुवाइ स्थगित गर्न खोजिएको हो । कुनै एउटा पक्षले स्थगनको माग गर्दा सुनुवाइ रोकिन सक्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिटका पक्षधर वकिलले भने इजलास छनोटका लागि विपक्षी वकिलले विपक्षीको तर्फबाट स्थगनको निवेदन दिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...