प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान, यस्तो छ कार्यतालिका



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भ्रमणको क्रममा भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा देउवा तीन दिने भ्रमणका लागि भारततर्फ लागेका हुन् । सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री नारायण खड्का लगायतले विमानस्थल पुगेर देउवालाई बिदाई गरेका छन् । नेपाली सेनाको टुकडीले प्रधानमन्त्रीलाई ब्याण्डबाजासहित सम्मानगारत अर्पण गरेको थियो ।

४० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा पत्नी आरजुसहित नेपाल वायु सेवा निगमको जहाजबाट दिल्ली उडेका हुन् । भारत पुगेपछि प्रधानमन्त्री देउवा स्थानीय समयअनुसार आज दिउँसो २:५० मा भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।

आजै दिउँसो साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले होटल आईटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भोलि (शनिबार) स्थानीय समय अनुसार बिहान १०:४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । भोलि नै ११:१० मा हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ ।

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल-भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२:१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । भोलि दिउँसो साढे ४ बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे उत्तर प्रदेशको वाराणासी जाने छन् । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट दिउँसो सवा ४ बजे स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...