नेकपा एसका उपाध्यक्ष केसीसहित सिंगो टीम एमालेमै फर्कियो



हाम्रो इकोनोमि

 

 

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा दोलखामा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रित्तिन थालेको छ । माधव नेपालतिर लागेर जिल्लामा पार्टी बनाउन जुटनु भएका प्रभावशाली नेता तथा नेकपा एसका उपाध्यक्ष भुवन केसी आज आफ्नो सिंगो टीमसहित नेकपा एमालेमै फर्कनु भएको छ ।

माधव नेपालले छरेको भ्रममा परेर नयाँ पार्टी बनाउन लागेको तर माधवको चाहना कांग्रेसको सेवा गर्ने रहेको तथ्य आफूले बुझेपछि सिंगो टीमसहित एमालेमै फर्किएको केसीले बताउनु भयो । यसैगरी समाजबादिका युवा सघका केन्द्रीय सदस्य श्याम तामाङ पनि सिंगो टीमसहित एमालेमै फर्कनु भएको छ ।

केसी र तामाङसहितका नेताहरुलाई एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङसहित केन्द्रीय सदस्य तथा दोलखा इञ्चार्ज सरस्वती बस्नेत, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलगायतका एमाले नेताहरुले स्वागत गर्नुभएको छ ।

दोलखा एमालेले नेता गुरुङको नेतृत्वमा समाजवादी र माओवादीतिर लागेका सवै नेता कार्यकर्ता फर्काउने अभियान नै चलाएको छ। यसक्रममा जिल्लाका सवै वडामा नेकपा एक रित्तिदै गएको छ भने माओवादीका चर्चित नेताहरु पनि एमालेतिर आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...