माओवादी र एसले एक सिट पनि जित्दैन : दुर्गा प्रसाईं



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेनिकट व्यवसायी दुर्गा प्रसाईंले आगामी निर्वाचनमा माओवादी र नेकपा एसले एक सिट पनि जिते आफू सन्न्यास लिएर वृन्दावन जाने घोषणा गरेका छन् । उनले विरोधी पार्टीहरूलाई एक्लाएक्लै एमालेविरुद्ध चुनाव लड्न चुनौती दिए । सूर्यविनायकमा आफैंले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो तरकारी बजार उद्घाटन समारोहमा प्रसाईं आफ्ना विरोधीहरूमाथि खनिएका थिए ।

उनले भने, ‘अरुको त भन्दिनँ, माओवादी र अर्को एस कि के भन्ने नक्कली पार्टीले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जिते भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूको इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर सन्न्यास ग्रहण गरेर वृन्दावन जाने छु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...