गठबन्धनमा नयाँ लफडा, प्रचण्ड-माधवको देउवालाई चेतावनी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले अवस्था र आवश्यकअनुसार सत्ता साझेदार दलसँग स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलले सन्तोष जनाएका छैनन् । आवश्यकअनुसार नभई अनिवार्य गठबन्धनको घोषणा गरी त्यसलाई कार्यान्वयनको ढाँचा तयार पार्न सत्ता साझेदार दलको संयन्त्रको बैठक गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

शुक्रबार भारत भ्रमण जानुअघि नै सत्ता गठबन्धनको बैठक राख्नका लागि पनि प्रचण्ड र नेपालले देउवालाई आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ। तीनै तहको चुनावमा सत्ता गठबन्धन गरी उत्रिने शर्तका आधारमा अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नका लागि सहमति गरेका कारण पनि कांग्रेसले अमूर्त निर्णय गर्न नहुने सत्ता साझेदार दलको भनाई छ ।

प्रधानमन्त्री देउवा भने भारत भ्रमण सकेर फर्किएपछि चुनावी विषयमा गठबन्धनसँग बैठक बस्ने मुडमा छन्। कांग्रेसको तीन दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले स्थानीय निर्वाचनमा ‘आवश्यक र अवस्था’का आधारमा गठबन्धन गरी जाने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...